मलेसियाली युवक र एक्युपंक्चर बीचको कथा
2022-05-16 18:50:27cri
Share with:


चिनियाँ परम्परागत चिकित्सा विधि चीनबाट बाहिरिने सिलसिलामा विश्वका अरु धेरै मानिसहरुले चिनियाँ परम्परागत चिकित्सा विधिबारे जानकारी लिई एक्युपंक्चर र मालिस भन्ने उपचार विधिलाई स्वीकार गरेका छन्।

 

पैचिङ शहरको तोङ छङ जिल्लामा अवस्थित चिनियाँ परम्परागत चिकित्सा विधि अनुसन्धानालयको अन्तर्राष्ट्रिय एक्युपंक्चर तालिम केन्द्रमा रहेको कक्षा कोठामा विभिन्न देशबाट आएका केही विदेशीहरु एक्युपंक्चर कक्षा लिँदै छन्। शिक्षकले बोलेको पेशागत शब्द उनीहरुका लागि त्यति गाह्रो छैन जस्तै देखिन्छ। उनीहरु कहिलेकाहीँ शिक्षकको प्रदर्शन निष्ठापूर्वक हेर्छन् भने कहिलेकाहीँ अँग्रेजी भाषाबाट नोट पनि गर्छन्। मलेसियाका युवक लिउ हान श्वे उनीहरुमध्येका एक हुन्।

मेरो नाम लिउ हान श्वे हो। म मलेसियाबाट आएको हुँ। म पैचिङमा पाँच वर्षदेखि बस्दैआएको छु।

 

लिउ हान श्वेले लिएको कक्षा चिनियाँ परम्परागत चिकित्सा विधि अनुसन्धानालयको अन्तर्राष्ट्रिय एक्युपंक्चर तालिम केन्द्रले संचालन गरेको छोटो अवधिको तालिम कक्षा हो। सन् १९७५ मा विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय संगठनको जिज्ञासामा राज्य परिषदको अनुमोदनपछि सो तालिम केन्द्रको स्थापना गरिएको थियो। विगत ४० वर्षमा सो केन्द्रले विश्वका १०० भन्दा बढी मुलुक तथा क्षेत्रका ३० हजार भन्दा बढी चिकित्सकहरुलाई एक्युपंक्चर, चिनियाँ परम्परागत चिकित्सा विधि र मालिस लगायत तालिम दिइसकेको छ। लिउ हान श्वे र उनका सहपाठीहरु यहाँ तालिम लिइरहेका छन्।

 

तथापि लिउ हान श्वे चीन आउनुको प्रारम्भिक उद्देश्य चिनियाँ परम्परागत चिकित्सा विधि पढ्नु थिएन, चीनको परम्परागत कुङ फु सिक्नु थियो।

सन् २०१६ को शरद ऋतुमा म चीन आएको हुँ। मैले हु पै प्रान्तको वु ताङ पहाडमा केही समय बसेर वु ताङ बक्सिङ तथा थाइ चि बक्सिङ सिकेको थिएँ।

 

सन् २०१७ को अप्रिलमा लिउ हान श्वेको भिसाको म्याद सकिनै लागेको हुनाले उनी पैचिङमा भिसा मिलाउन आएका थिए। त्यस पटकको पैचिङ यात्राबाट उनले धेरै चिनियाँ साथीहरु बनाउँदै चिनियाँ परम्परागत चिकित्सा विधिबारे जानकारी लिएका थिए। साथै उनले पैचिङमा बस्ने निर्णय गरेका थिए। सन् २०१७ देखि उनी पैचिङमा बस्दैआएका छन्। उनी सोफ्टवेयर इन्जिनियरको काम गर्नुका साथै कुङ फु पनि सिक्दै छन्। कुङ फु सिक्दासिक्दै कहिलेकाहीँ चोट लाग्छ। चिनियाँ साथीबाट उनले एक्युपंक्चरबारे जानकारी लिएका छन्।

चिनियाँ परम्परागत चिकित्सा विधि र कुङ फु बीचको घनिष्ठ सम्बन्ध रहेको मैले पत्तो लगाएँ। चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी यस्तै अन्तर्राष्ट्रिय तालिम कक्षा रहेको मेरा एक जना साथीले मलाई बताए। यो एउटा सुअवसर थियो।

 

गत शताब्दीको सत्तरीऔँ दशकमा “न्युयोर्क टाइम्स” मा अमेरिकी पत्रकार जैम रेस्टनले चीनमा एक्युपंक्चर उपचार लिएको अनुभव छापिएको थियो, जसबाट विश्वमा एक्युपंक्चरको लोकप्रियता बढ्दै आएको छ। चिनियाँ परम्परागत चिकित्सा विधिमध्ये एक्युपंक्चरले सर्वप्रथम विश्वमा प्रवेश पाएको थियो। विश्व एक्युपंक्चर संघका अनुसार, विश्वमा १८० मुलुक तथा क्षेत्रमा एक्युपंक्चरको प्रयोग हुन्छ र ६० भन्दा बढी मुलुक र क्षेत्रमा एक्युपंक्चर वैधानिक छ।

 

चिनियाँ परम्परागत चिकित्सा विधिबारे जानकारी नलिएका विदेशीहरुका लागि एक्युपंक्चरको सिद्धान्त बुझ्न निकै गाह्रो छ। तथापि चिनियाँ शिक्षकहरु सहज र अँग्रेजी भाषामा सिद्धान्तबारे स्पष्टसँग व्याख्या गर्छन्।

लिउ हान श्वेले निरन्तर रुपमा एक्युपंक्चर सिक्ने र भविष्यमा मलेसिया फर्केपछि एक्युपंक्चरबारे अरु बढी मलेसियालीहरुलाई जानकारी दिने विचार व्यक्त गरेका छन्।