अमेरिकी राजनीतिज्ञहरूलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चीनको चेतावनी
2022-05-16 18:48:57cri
Share with:

मे १६ तारिखमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। सो पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले भर्खरै हङकङसँग सम्बन्धित मुद्दाहरूमा हस्ताक्षर गरिएको लेख प्रकाशित गरेको बारेमा प्रश्न सोधेका छन्

सो प्रश्नका सम्बन्धमा प्रवक्ता चाउले अमेरिकी राजनीतिज्ञहरूको सान्दर्भिक टिप्पणीले हङकङमा कानुनी शासनको निन्दा गरेको, चीनको हङकङ शासन नीतिलाई अनुचित रूपमा आक्रमण गरेको र चीनको आन्तरिक मामिलामा र न्यायिक सार्वभौमसत्तामा गम्भीर हस्तक्षेप गरेको बताउनुभयो।

प्रवक्ता चाउले भन्नुयो किसम्बन्धित व्यक्तिहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न र हङकङ राष्ट्रिय सुरक्षा कानुनको उल्लङ्घन गर्न विदेशीहरू वा विदेशी शक्तिहरूसँग मिलेर षड्यन्त्र गरेको आशंका गरिएको भन्दै अमेरिकाको कडा आलोचना गर्नुभयो।