महामारीले चीनको आर्थिक स्थिरतरलाई प्रभाव नपार्ने
2022-05-17 15:44:26cri
Share with:

मे १६ तारिख विहान चीन सरकारले आयोजना गरेको दु वटा पत्रकार सम्मेलनले उच्च ध्यान तानेको छ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोको पत्रकार सम्मेलन एउटा थियो जसले अप्रिलका मुख्य आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ। जटिल तथा गम्भीर अन्तर्राष्ट्रिय स्थिति र आन्तरिक महामारीको प्रभाव परेकाले चीनसमक्ष आर्थिक गिरावटको दबाव ठूलो भएसँगै अप्रिलका मुख्य आर्थिक परिसूचक घटेको छ। तथ्याङ्कका प्रवक्ताले यो महामारीले ल्याएको छोटो अवधिको परिवर्तन हो भने चीनको आर्थिक स्थिर रुपमा चल्ने प्रवृत्ति र चीनको अर्थव्यवस्था कठोरता, संयमित, विशाल क्षेत्र जस्ता विशेषतालाई परिवर्तन नपार्ने उल्लेख गर्नुभयो।

अर्को पत्रकार सम्मेलन शाङहाईको महामारी नियन्त्रण सम्बन्धी हो जसले उक्त विश्लेषणला पुष्टि गरेको छ। हाल शाङहाईका १६ जिल्लामध्ये १५ जिल्लामा क्वारेन्टाइन क्षेत्रबाहेक महामारी फैलिन रोकिएको छ भने जुन महिनादेखि शाङहाईमा सामान्य उत्पादन र जनजीवन पुनसुचारु हुनेछ। वास्तवमा गत शुक्रबार शाङहाई सरकारले शाङहाईका ९ हजारभन्दा बढी तोकिएको स्केलबन्दा ठूलो औद्योगिक उद्यममध्येका ४ हजार ४ सयवटा पुनर्रूत्थान भएको सार्वजनिक गरेको थियो। यसबाहेक चिलिन प्रान्तको महामारी नियन्त्रण अन्तिम अवधिमा प्रवेश भएको छ भने हनान, च्याङसु, चच्याङ प्रान्तमा महामारी स्थिति पनि स्थिर बनाइएको छ। ती सबैबाट चीनको गतिशील सुन्य कोभिड नीति बैज्ञानिक तथा प्रभावकारी हो र आर्थिक पुनर्रूत्थानला प्रत्याभूति प्रदान गरिएको प्रमाणित भएको छ।

जनताको जीवन सुरक्षा र स्वास्थ्यला प्राथमिकता राख्नु चीनको महामारी नियन्त्रण नीतिको मूल हो। छोटो समयमा महामारी नियन्त्रण कदमले क्षेत्रीय उत्पादन र जीवनला प्रभाव पार्छ तापनि तथ्यले पनि प्रमाणित गरेको छ कि महामारी समेत छोटो अवधिको समस्याको नियन्त्रण गरेर मात्र आर्थिक विकासला सक्रिय शर्त प्रदान गर्न सकिन्छ।

यसरी नै विश्वका व्यवसायले चीनमा लगानी लगाइरहेका छन्। यस वर्षका अघिल्ला ४ महिना चीनले वास्तविक रूपमा वैदेशिक लगानी प्रयोग गरेको मात्रा ४ खर्ब ७८ अर्ब ६१ करोड आरएमबी पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा २०.५ प्रतिशत बढेको छ। चीनको अर्थतन्त्रमाथि वैदेशिक पुँजीको विश्वास देखिएको छ।

छोटो समयमा मौसम उतार चढाव हुन्छ तर समग्र न्यानो हुने प्रवृत्ति परिवर्तन नहुने जस्तो महामारीबाट चीनको आर्थिक स्थिर प्रवृत्ति र खुला विस्तार तथा विश्वसँग साझा फाइदा हुने चीनको अठोटमा कुनै पनि परिवर्तन हुँदैन।