"ताइवानलाई सम्मेलनमा भाग लिन समर्थन गर्ने" भन्ने अमेरिकाको पुरानो चाल धोकाधडी मात्र
2022-05-17 20:10:21cri
Share with:

७५ औँ विश्व स्वास्थ्य सभा नजिकिँदै छ। अमेरिकी राजनीतिज्ञहरुले "ताइवान सम्मेलनमा भाग लिन समर्थन गर्ने" भन्ने पुरानो चाल खेल्दै छन्। हाल अमेरिकी नेताले तथाकथित विधेयकमा हस्ताक्षर गर्दै ताइवानलाई "विश्व स्वास्थ्य सभामा भाग लिन समर्थन दिएका छन्। चीनको आन्तरिक मामिलालाई हिँसात्मक हस्तक्षेप गरेको यो गतिविधि एक चीनको नीति र चीन अमेरिका तीन बुँदे विज्ञप्तिको गम्भीर उल्लङ्घन हो। यो यस अगाडिका अमेरिकी नीति जस्तै फेरि पनि विफल हुनेछ। हाल केही वर्षयता विश्व स्वास्थ्य सभाको सँयोजन अवसरमा अमेरिकाको केही राजनीतिक शक्तिले थाइवानका लागि अन्तर्राष्ट्रिय क्षेत्रविस्तार गर्न खोजेको देखिन्छ। तर अमेरिकाले सबै प्रयासको अन्तमा असफलता मात्र प्राप्त गर्छ। जसबाट एक चीनको नीति अन्तर्राष्ट्रिय सम्बन्धको मान्यता र अन्तर्राष्ट्रिय समुदायको सामान्य सहमति हो भन्ने कुरा स्थापित हुने गरेको छ।ताइवान समस्या चीन र अमेरिकाबीचको सम्बन्धको सबैभन्दा महत्वपूर्ण तथा संवेदनशील विषय हो भने चीनको केन्द्रीय हितसँग सम्बन्धित रहेको छ। अमेरिकाले चीनका लागि गरेको बचाबद्धतालाई व्यवहारमा उतार्नुपर्छ। ताइवान समस्यामा "भन्‍ने भएटा गर्ने अर्को " को चालबाट अमेरिकाले राजनीतिक विश्वास मात्रै गुमाउँनेछ।