#अल्पसंख्यक जाति# सिन्च्याङको सामान्य गतिको रेल लोकप्रिय छ?-१
2022-05-17 20:20:08cri
Share with:

 

सिन्च्याङको थ्यानशान पर्वत बीच र ताक्लिमाकान मरुभूमिको किनारमा “हथ्यान युलुङ”नामक रेल आवत-जावत गरेको छ। यो रेलले सिन्च्याङको सदरमुकाम उरुमुची र हथ्यानलाई जोडेका हुनाले दक्षिण सिन्च्याङका सर्वसाधारणबाट “सुनौलो रेल” मानिएको छ। आजको कार्यक्रममा हामीसँगसँगै यो सुनौलो रेलको अनुभव गरौं।

हरेक विहान साढे ९ बजेतिर सिठ्ठीको आवाजसँगै “हथ्यान युलुङ”नामक रेल समयमा हथ्यान स्टेशनबाट प्रस्थान गरेको छ। यो रेलले ३२ घण्टा मा २१ स्टेशन पार गरेर उरुमुची स्टेशन पुग्दछ। पूरै यात्रा १९६० किलोमिटरको छ। यो रेल चिनियाँ रेलअन्तर्गत उरुमुची शाखा ग्रुपबाट सन्चालित सार्वजनिक कल्याणका लागि एउटा मात्रै "सामान्य गतिको रेल" हो।

हथ्यान क्षेत्र सिन्च्याङको दक्षिण अन्तमा पर्दछ। गम्भीर प्राकृतिक वातावरणका हुनाले स्थानीय सर्वसाधारणको यातायात ज्यादै असुविधा थियो। सन् २०११ जुनमा “हथ्यान युलुङ”नामक रेल पहिलोपटक सञ्चालन भयो। जसले हथ्यान क्षेत्रमा रेलको सञ्चालन नभएको इतिहास अन्त्य गरेको छ।

 

“यो रेलको समय राम्रो हुनुका साथै टिकटको मूल्य पनि सस्तो छ। उदाहरणका लागि हथ्यानबाट खाशसम्मको ५०० किलोमिटरको यात्रामा सामान्य सिटको मूल्य ५३ युआन मात्र छ। त्यसैले यो दक्षिण सिन्च्याङका सर्वसाधारणका लागि यातायातको पहिलो छनौट हो। ” रेलका प्रमुख प्रातिहानले जानकारी दिनुभयो।

 

प्रातिहानले यो "सामान्य गतिको रेल"मा काम गरेको ९ वर्ष भइसक्यो। उहाँलाई मान्डारिन, युगुर भाषा र कजाकिस्तान भाषा आउँछ। हरेक साताको आधा समय उहाँले रेलमा बताउनुहुन्छ।

 

“यो रेल यात्रामा कुल ६६ स्टेशन छन्। प्रत्येक ३० मिनेटमा रेल एउटा स्टेसनबाट अर्को स्टेसनमा पुग्छ। केही साना स्टेशनमा एक-दुइ जना यात्रु मात्र हुन्छन्। तर ती स्टेशनहरू पनि कायम राखिएका छन्। ” –- प्रातिहानले चर्चा गर्नुभयो।

 

रेलको सुत्ने कोठालाई आकर्षक रुपमा रेशमबाट सजाइएको हुन्छ। तर रेशम सजावटका लागि होइन। यो आवश्यक यात्रुका लागि विशेष चिन्ह हो। रेलका सेवकले यी चिन्हबमोजिम विविध सेवा दिन सक्छन्।

 

रेलका प्रमुख प्रतिहानले यसरी चर्चा गर्नुभयो-

“उदाहरणका लागि, हामीले विशेष अवस्थाका यात्रुलाई, रेल चढ्न र बाहिर जानका लागि सहयोग गर्नेछौं र रेल स्टेशनसँग सम्पर्क गरेर तयारी गर्न लगाउनेछौं। स्मार्टफोनको प्रयोग गर्न नसक्ने वृद्धहरूका लागि, हामी उनीहरूलाई अस्पतालमा उपचार लिने दर्ता मिलाउन मद्दत गर्नेछौं।”

चिकित्सा उपचार खोज्ने, साथीलाई भेट्ने, वा टाढा अध्ययन गर्नेमा, यो "सामान्य गतिको रेल"को भूमिका अपूरणीय छ। यो दक्षिण सिन्च्याङ र उत्तर सिन्च्याङ जोड्ने सर्वसाधारणका लागि सुविधा रेल बनेको छ।