घरमा पनि पुरातात्विक वस्तुको खोज गर्नपाइने
2022-05-17 14:49:59CRI
Share with:

हिजोआज, चिनियाँ युवाहरू माझ एक किसिमको चीज निकै लोकप्रिय बनेको देखिन्छ। त्यो हो "पुरातात्विक रहस्यको बाकस"। बेल्चा समातेर होसियारीपूर्वक माटोलाई झारेर बिस्तारै "पुरातात्विक अवशेषहरू" निकाल्ने गरिन्छ। यस्तो "पुरातात्विक वस्तु खोज्ने गजबको अनुभव" अब पुरातत्वविद्हरूका लागि मात्रै होइन सामान्य सर्वसाधारणले पनि पाउन सक्छन्।

 

चीनका प्रमुख सङ्ग्रहालयहरूले यस्तो "पुरातत्व रहस्य बाकस" को विकास गरेको छ। ती रहस्य बाकसहरूमा भेटिने "पुरातात्विक अवशेषहरू" चिनियाँ पुराना काँस्य भाँडाहरू, काँस्य बुद्ध मूर्तिहरू, काँस्य ऐना र चाँदीका पदकको रूपको आधारमा बनाइएका हुन्। रहस्य बाकसमा पाइने माटोको रूप, आकार र रंग पनि पुरातात्विक खाडलमा भेटिने माटोसँग मिल्दोजुल्दो देखिन्छ। साथै बाकसमा बेल्चा, ब्रश, पन्जा र चश्माजस्तै "पुरातात्विक उपकरणहरू" पनि छन्।