सङ्ग्रहालयका प्रसिद्ध व्याख्याता
2022-05-17 14:38:26CRI
Share with:

चीनको चच्याङ प्रान्तमा पाइने ल्याङ छु संस्कृतिको ५००० वर्षको इतिहास छ। बितेका ६ वर्षमा चीनको चच्याङ प्रान्तको हाङचौ ल्याङछु सङ्ग्रहालयमा कार्यरत व्याख्याता शी चौयीङले ३,९०० घण्टाभन्दा बढी समयसम्म सम्बन्धित विषयबारे आगन्तुकहरूलाई व्याख्या वर्णन गरिसकेकी छिन्। यसै क्रममा शीले ६०,००० भन्दा बढी पर्यटकहरूलाई सेवा दिएकी छिन्। उनका अरू सहकर्मीहरूसँगै शीले तत्स्थानमै वा अनलाइन प्रसारण वा स्कूलमा आफ्ना व्याख्यानमार्फत् धेरैभन्दा धेरै मानिसहरूलाई सङ्ग्रहालयतर्फ आकर्षित गरेका छन्।