अनलाइनबाट चिनियाँ सङ्ग्रहालयको अवलोकन
2022-05-18 14:13:51CRI
Share with:

कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा फैलिएको हुनाले अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा अनलाइनबाटै चिनियाँ सङ्ग्रहालयको अवलोकन गरौँ।

 

चीनको राष्ट्रिय सङ्ग्रहालय विश्वमा एकल भवनको क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो सङ्ग्रहालय हो। त्यहाँ १४ लाखभन्दा बढी सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। हाल चीनको राष्ट्रिय सङ्ग्रहालयले विभिन्न ७५ विषयवस्तुमा डिजिटल प्रदर्शनी गरिरहेका छन्। 

त्यसबाहेक जुलाइ ९ तारिख चीनको राष्ट्रिय सङ्ग्रहालय स्थापनाको ११० औँ वार्षिकोत्सव हो। त्यस बेला अझै उत्कृष्ट प्रदर्शनीको आयोजना हुनेछ।

यस्तै, सन् १९२५ मा स्थापना भएको चिनियाँ दरबार सङ्ग्रहालय एउटा विशेष सङ्ग्रहालय हो। यो मिङ र छिङ राजवंशको शाही दरबार हो। जसले ६०० वर्षको इतिहासको अनुभव गरेको छ। 

“द प्यानारोमिक दरबार सङ्ग्रहालय” मञ्चमार्फत अंग्रेजी र चिनियाँ भाषाद्वारा यो दरबार सङ्ग्रहालयको अवलोकन गर्नसकिन्छ।

यसै गरी, तुनह्वाङ मोकाउ गुफालाई भित्ते सङ्ग्रहालय पनि भनिन्छ। त्यहाँ ७३५ वटा गुफामा कम्तीमा २००० मूर्ति र ४५ हजार वर्गमिटरमा फैलिका भित्ते चित्रहरू छन्।

त्यसबाहेक अनलाइनमार्फत् सछ्वान प्रान्तको पुरातन भग्नावशेष र पल्लो शानसी प्रान्तमा अवस्थित पहिलो चिनियाँ सम्राटको समाधिस्थलको पनि भ्रमण गर्नसकिन्छ।