ताराहरूले भरिएका सिनच्याङ र तिब्बतको आकाश
2022-05-18 16:02:13CRI
Share with:

हरेक वर्षको मे महिनादेखि अक्टोबरसम्म सिन्च्याङमा आकाशगंगा हेर्नको लागि सबैभन्दा राम्रो सिजन मानिन्छ। यस समयमा विभिन्न ठाँउबाट आएका मानिसहरूले विशाल आकाशगंगालाई हेर्दै रातको सुन्दर दृश्यलाई आफ्नो क्यामेरामा रेकर्ड गर्छन्।

यसै गरी, सन् २०१८ मा तिब्बतको न्यारी र नाछु अँध्यारो रात संरक्षित क्षेत्रहरूलाई आधिकारिक रूपमा "अँध्यारो रात संरक्षित क्षेत्रहरूको विश्व सूची" मा समावेश गरिएको थियो।

स्वच्छ पानी र हरिया पहाड अमूल्य सुन र चाँदी हुन्, र ताराहरूले भरिएको रात्री आकाश पनि यस अमूल्य सम्पत्तिको अभिन्न अंग हो। प्रकाश प्रदूषणबाट अँध्यारो रातको संरक्षण गर्न सन् २०१५ मा चीनमा अँध्यारो रात्री तारा आकाश कार्य समितिको गठन गरिएको थियो। बढी भन्दा बढी पर्यटकहरूले तिब्बतको सुन्दर रात्री आकाशको मज्जा लिने प्रयास गरिरहेका छन्।