अफवाह फैलाउने काममा बीबीसीलगायत पश्चिमा सञ्चार माध्यम
2022-05-19 15:45:08cri
Share with:

२० दिनअघि पाकिस्तानी कराँची विश्वविद्यालयको कन्फ्युसियस कलेजको शटल बसमाथि आतंकवादी हमला गरिएको थियो। उक्त हमलाबाट ३ जना चिनियाँ शिक्षकको ज्यान गुमाउनुका साथै अरू १ जना चिनियाँ शिक्षक घाइते भएका थिए। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका अध्यक्षले उक्त गतिबिधिमाथि कडा निन्दा व्यक्त गर्नुभएको छ।

हालै बीबीसीले त्यसबारे रिपोर्ट गरी ती आतंककारीको प्रशंसा गरी ती आतंकवादी गतिबिधिला तर्कसंगतीकरण बनाउन खोजेको छ।

पश्चिमी प्रभावशाली मिडियामध्येको एकको रूपमा रहेको बीबीसीले सार्वजनिक रूपमा आतंककारीला समर्थन गरेको छ। यो तथाकथित प्रेस स्वतन्त्रता होइन तर नैतिक रुपमा सबैभन्दा निच काम हो। अन्तर्राष्ट्रिय न्यायको उल्लङ्घन र व्यावसायिक नैतिकताबाट विचलित हुने हिंसात्मक गतिबिधि हो। फ्रान्सेली नेटिजनले उल्लेख गरे झैँ आतंककारीला राम्रो र नराम्रो रूपमा विभाजन गर्ने कार्य नै आतंकवादला समर्थन गर्ने हो।

बीबीसीलगायत पश्चिमा मिडियाले आतंककारीला समर्थन गरेको उदाहरण यो एक मात्र होइन। हालै बीबीसीले फेरि सिनच्याङको झुटो रिपोर्ट प्रस्तुत गरी हिंसात्मक आतंकवादी अपराधला कानुनी रूपमा प्रहार गरी अफवाह फैलाएको छ। उक्त कार्यको बेलायतका लागि चीनको दूताबासले कडा निन्दा गरेको छ।

किन बीबीसीलगायत पश्चिमा मिडियाले "दोहोरो मापदण्ड" लिने गर्छन्? धेरैजसो पश्चिमी मिडिया ठूलो कन्सोर्टियमबाट नियन्त्रित हुन्छन् र पुँजीवादको पक्षपोषण गर्छन्। पश्चिमा मुलुकमा पुँजी र राजनीतिलाई आपसी सहयोग र प्रयोग गर्ने गरिन्छ। स्वाभाविक छ केही पश्चिमी मिडियाले प्रेस स्वतन्त्रको झण्डा बोकेर वास्तवमा पुँजी र शक्तिको पछि लाग्ने गर्छन्।

केही वर्षयता चीनबारे केही पश्चिमा मुलुकको रणनीतिक प्रतिश्पर्धा पूरा गर्न पश्चिमी मिडियाले झुटो खबर फैलाउने र चीनको निन्दा गर्ने कार्यला बढाएका छन्। त्यसैले सहज रुपमा बुझिन्छ कि सिनच्याङको अफवाह फैलिँदा केही पश्चिमा मिडियाले समर्थन गर्छन् र सिनच्याङ तथा हङकङको वास्तविक स्थितिला विश्वसमक्ष देखाइँदा केही पश्चिमा मिडिया चुप लाग्छन्। तिनीहरूले प्रेस स्वतन्त्रको दोहोरो मापदण्ड, मानवअधिकार दोहोरो मानक अपनाउँदै आतंकवादी विरूद्ध दोहोरो नीति लिएर भूराजनीतिक भिडन्तल उक्साउने र विश्वको शान्तिला भंग गर्ने काममा समर्थक बनेका छन्।