हिमालयको उत्तर र दक्षिणमा लालीगुराँसका फूलहरू
2022-05-19 11:35:55CRI
Share with:

तपाईँलाई थाहा छ? नेपालको राष्ट्रिय फूल लालीगुराँस चीनमा पनि निकै लोकप्रिय छ। सन् १९८५ को मेमा, लालीगुराँसलाई चीनको दस प्रसिद्ध फूलहरूमध्ये छैटौँ स्थान दिइएको थियो। लालीगुराँसलाई चीनको च्याङसी, आनह्वी र क्वीचौ प्रान्तमा प्रान्तीय फूलको रूपमा लिने गरिन्छ।

चीनमा सजावट तथा प्रयोगबाहेक लालीगुराँसको सम्पूर्ण बिरुवा नै औषधिको रूपमा पनि प्रयोग गरिन्छ।

तापनि सेतो र पहेँलो लालीगुराँस विषालु हुने भएकोले सिधै खानु हुँदैन। होश पुर्याउनुहोला।

चीनमा लालीगुराँस चिया पकाउने तरिकाः

३ वटा लालीगुराँस फूल टिप्नोस्। सफा र सुख्खा पारेपछि कपमा राख्नुहोस्। त्यसपछि २५० मिलीलिटर उम्लेको पानी हाल्नुहोस् अनि सुगन्ध आएपछि चियाको रूपमा पिउनुहोस्। यो चियाले लामो समयसम्म छालालाई नरम र चम्किलो बनाउँछ।