राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदको ७०औँ वार्षिकोत्सव सम्मेलनलाई सम्बोधन
2022-05-19 10:09:24cri
Share with:

मे १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलन तथा विश्व व्यापार लगानी प्रवर्द्धन शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदले सन् १९५२ मा स्थापना भएयता चीन र विदेशी उद्योग-व्यवसायहरूबीचको सम्बन्ध र हितलाई जोड्न, अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई अगाडी बढाउन तथा मुलुकहरूबीचको सम्बन्धलाई बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चीनको उच्च स्तरीय खुलालाई विस्तार गर्ने अठोटमा कुनै परिवर्तन नआउने तथा चीनको खुला ढोका अझै ठूलो हुने पनि औँल्याउनुभयो। राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘हामी सबै मिलेर शान्ति, विकास, सहयोग, साझा हितको पालना गरी हाल विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सामु देखापरेको समस्याको समाधान गरौँ र अझै सुन्दर भविष्यतर्फ लम्कौँ।’