चियाका मुनापछिको ठूलो रहस्य
2022-05-19 19:36:34CRI
Share with:

 

अर्थतन्त्र, समाज र सँस्कृतिप्रति चियाको मूल्यको प्रशंसा गर्नका लागि सन् २०१९ मा संयुक्त राष्ट्र संघीय महासभाले हरेक वर्षको मे २१ तारिख “अन्तर्राष्ट्रिय चिया दिवस” मनाउने घोषणा गरेको थियो।

चीन र नेपालको चियाको दीर्घकालीन इतिहास र सँस्कृति छ। नेपालको चिया इतिहास १९ शताब्दीको ४० दशकबाट सुरु भएको हो। नेपालमा चियाका बिरुवाको उदगमसम्बन्धी धेरै भनाइ छ तर धेरै इतिहासकारहरूको विचारमा नेपालको पहिलो चरणका चियाका बिरुद्धहरू चीनका सम्राटले नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारका रुपमा दिनुभएको थियो।

 

त्यसपछि राजा वीरेन्द्रले चिया किसानलाई नीति र बित्तको समर्थन दिनुभयो। त्यसैले नेपालको चिया व्यवसाय विकास गरिएको थियो। नेपालको पूर्वस्थित चिया बगान र भारतको दार्जिलिङ क्षेत्र जोडिन्छ। त्यहाँको हावापानी दार्जिलिङको जस्तै छ। त्यसैले त्यहाँको चियाको स्वाद दार्जिलिङ चिया जस्तै मानिन्छ। तर बजारमा नेपालको चियाको लोकप्रियता दार्जिलिङ चियाभन्दा भिन्न छ।

चीन चियाको जन्मथलो हो। चिया चीनको परिचय कार्ड बनिसकेको छ। यो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको चिया सँस्कृतिको प्रचार-प्रसार र चिया व्यवसायको विकास क्षेत्रमा दिनुभएको समर्थनसित सम्बन्धित छ।

सन् २०२०को मे २१ तारिख, पहिलो "अन्तर्राष्ट्रिय चिया दिवस"लाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देश पठाउँदै चिया उद्योगको पुनरुत्थान र चिया संस्कृतिको फैलावटका लागि संयुक्त राष्ट्रसंघले स्थापना गरेको ‘अन्तर्राष्ट्रिय चिया दिवस’ निकै महत्वपूर्ण रहेको ठहर व्यक्त गर्नुभयो।

चिया संस्कृति, चिया उद्योग र चिया प्रविधिको समन्वयमा महत्व दिनुपर्ने आग्रह सी चिनफिङले पटक पटक गर्नुभएको छ। गत शताब्दीदेखि यता, सी चिनफिङले फुच्यान, चच्याङ, हाइनान लगायत चिया उत्पादन क्षेत्रमा सात पटक भ्रमण गर्नुभएको छ। साथै उहाँले चियाका प्रजातिहरू र गुणस्तरको सुधार गर्ने पथ निर्देशन पनि गर्नुभएको छ। यस बाहेक, राष्ट्राध्यक्ष सीले धेरै महत्त्वपूर्ण कूटनीतिक अवसरहरूमा अतिथिहरूलाई चिया खुवाउनुभएको छ। सन् २०१४ मा, सी चिनपिङले बेल्जियममा रहेको युरोपेली एकेडेमीमा सम्बोधन गर्दा, चिया र रक्सीको समानता र भिन्नताहरूमा आधारित "मेलमिलाप तर भिन्नता" भन्ने चीनको राजनीतिक धारणालाई व्याख्या गर्नुभयो।

राष्ट्राध्यक्ष सीको महत्व र प्रवर्द्धनबाट चिया नै चीनका विभिन्न ठाँउमा गरिबी निवारण र आर्थिक विकासको महत्वपूर्ण माध्यम बनेको छ भने बैदेशिक सांस्कृतिक आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।

अब फेरि नेपाली चियाको चर्चा गरौँ। सन् १९९९ मा चौथो एसिया अन्तर्राष्ट्रिय चिया मेलामा नेपाललाई आधिकारिक रूपमा विश्वको चिया उत्पादक मुलुकको रूपमा सूचीकृत गरिएको थियो। नेपालका सम्बन्धित विभागहरू र चिया उत्पादक संघको संयुक्त प्रयासमा, सन् २०१८ मा नेपालले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रवर्द्धन गर्न प्याकेजिङ्गमा एकीकृत नयाँ चिया ट्रेडमार्कको प्रयोग गर्न सुरु गर्‍यो। सोही वर्ष, नेपालको उच्च पहाडी अर्गानिक चिया शाङ्घाई अन्तर्राष्ट्रिय चिया प्रदर्शनी २०१८ मा प्रदर्शन गरियो।

उच्च गुणस्तरको नेपाली चियाका लागि, "चिनियाँ राष्ट्राध्यक्ष सी चिनपिङ जस्तै प्रवर्द्धन दूत" को अभाव हुन सक्छ। चीन, एसिया लगायत अन्तर्राष्ट्रिय बजारमा छिटोभन्दा छिटो नेपाली चियाको चम्किने प्रदर्शन हुने आशा गरौँ।