चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा ब्रिक्स मुलुक विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन
2022-05-19 20:01:26cri
Share with:

मे १९ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ब्रिक्स मुलुकका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्नुभयो।

राष्ट्राध्यक्ष सीले अहिले शताब्दी परिवर्तन र महामारीको संयुक्त प्रभावले अन्तर्राष्ट्रिय परिस्थितिमा अस्थिर, अनिश्चित र असुरक्षित कारकहरू झन् बढ्दै गएको औंल्याउनुभयो। उहाँले भन्नुभयो: "यद्यपि, समयको शान्ति र विकासको विषयवस्तु परिवर्तन भएको छैन। अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रगतिशील र रचनात्मक शक्तिको रूपमा, ब्रिक्स देशहरूले आफ्नो विश्वासलाई बलियो बनाउनुपर्छ र व्यावहारिक कार्यहरूद्वारा शान्तिपूर्ण विकासलाई प्रवर्द्धन गर्नुपर्छ। अशान्ति र परिवर्तनको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक ऊर्जा र स्थिरता इन्जेक्ट थप गर्नुपर्छ।

राष्ट्राध्क्ष सी चिन फिङले विश्वको साझा सुरक्षालाई प्रवर्द्धन गर्न आफूले केही समयअघि विश्वव्यापी सुरक्षा पहल अघि सारेको बताउनुभयो। उहाँले ब्रिक्स राष्ट्रहरूले राजनीतिक आपसी विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्ने, आधिपत्यवाद र शक्ति राजनीतिको विरोध गर्ने र शीतयुद्धको मानसिकता र समूह द्वन्द्वको विरोध गर्ने र मानव जातिको लागि संयुक्त रूपमा सुरक्षा समुदाय निर्माण गर्नुपर्ने बताउनुभयो।

राष्ट्राध्यक्ष सीले उदीयमान राष्ट्रहरू र विकासोन्मुख राष्ट्रहरूको साझा कार्य भएको बताउँदै पाँच राष्ट्रहरूले उदीयमान राष्ट्रहरू र विकासोन्मुख देशहरूसँग थप वार्ता र आदानप्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो।