अमेरिकाले चीनका विरुद्धमा सबै उपाय प्रयोग गर्दै
2022-05-20 20:04:04cri
Share with:


 प्राप्त समाचारअनुसार, हाल अमेरिका वित्तमन्त्री जानेत यालेनले आफ्नो बजार स्थितिलाई भूराजनीतिक यन्त्रका रूपमा प्रयोग गर्ने मुलुकहरूबाट पश्चिमी लोकतन्त्र मुलुकमाथि सजिलै प्रभावित भएकाले रूसलाई संयुक्त रूपमा प्रहार गरेपछि चीनमाथि पनि एकीकृत मोर्चा बनाउन अमेरिका र युरोपसमक्ष आह्वान गर्नुभएको छ।

त्यसको प्रतिकृया गर्न चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभयो, शक्ति स्थितिबाट अरू मुलुकसँग सम्बन्ध बनाउने कुरा कुन मुलुकले भनेको हो? अनि कुन मुलुकले आर्थिक, बैङ्किङ, वैज्ञानिक तथा प्राविधिक प्रभुत्व लिएर अरू मुलुकमाथि प्रहार गरी भूराजनीति खोजेको होत्यसबारे अन्तर्राष्ट्रिय समूहले स्पष्ट रूपमा हेरेको छ।

सबैलाई थाहा छ, लामो समययता अमेरिकाले विश्वका विभिन्न क्षेत्रमा भिडन्त र युद्ध चलाइरहेको छ र शक्ति स्थितिबाट विश्वलाई एक मात्र विकास मोडल अर्थात प्रभुत्व देखाएको छ। तर चीनको शान्तिपूर्ण रूपमा विकास भएबाट विश्वलाई अर्को मोड प्रदान गरिएको छ अर्थात आक्रमण नभएमा पनि विकास हुनसक्छ। साथै शान्तिपूर्ण विकास र सहयोग गरी साझा फाइदा पुग्ने मोडललाई वर्तमान विश्वको सहमत पनि बनाएको छ।

शान्तिपूर्ण विकास र सहयोग गरी साझा फाइदा पुग्नु नै हामीलाई साझा इच्छा हो तर अमेरिकालाई आफ्नो प्रभुत्वलाई चुनौति दिएको हो। त्यसैले चीन विरूद्ध नै अमेरिकाको प्रमुख कार्य बनेको छ। हङकङमा उसले चुङह्वान कब्जा र फरार अपराधी अध्यादेश संशोधन गडबडीलाई गोप्य रूपमा समर्थन गरी हिंसालाई प्रोत्साहित गरेको छ। सिनच्याङमा तालिम केन्द्रलाई बदनाम गर्ने, कपास र फोटोभोल्टिक उद्योगमा दमन गर्ने, सिनच्याङ अध्यादेश जारी गर्ने, युगुर विशेष अदालतको षड्यन्त्र बनाउने, नरसंहार र जबर्जस्ती श्रम लगायत झुटो प्रचार गरी सकेसम्म चीनलाई बदनाम गरिरहेको छ। तिब्बतमा अमेरिका राष्ट्रिय लोकतन्त्र कोष लगायत एकाइमार्फत कथित तिब्बत स्वतन्त्रताकारीसँग सम्पर्क गरी तिब्बत स्वतन्त्र गतिबिधिलाई समर्थन गरेको छ। गत मे १८ तारिख अमेरिका उप विदेशमन्त्री एवम् तिब्बती मामिलाको विशेष संयोजकले भारतमा तथाकथित तिब्बती निर्वासन सरकारका नाइके र केही प्रतिनिधिसँग भेट गरेका थिए। १४ औँ दलाइ लामा जस्ता धार्मिक लुगा लगाएर चीन विरूद्ध गतिबिधि चालिरहेका राजनीतिक निर्वासनहरूमाथि अमेरिकाले विरोध गर्दैन तर तथाकथित तिब्बत मालिमाको विशेष संयोजक स्थापना गरी चीनको आन्तरिक मामिलामा सार्वजनिक रूपमा हस्तक्षेप गरेको छ।

यति मात्र होइन, अमेरिकाले नेपाललाई पनि चीन विरूद्धको उपकरण बनाएको छ। उसले एमसीसी उपहारको रूपमा नेपाललाई अनुदान दिएको छ। तर वास्तवमा एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको एक भाग मात्र हो। नेपाललाई उद्धार गर्नु नै पनि निहुँ मात्र हो जसको उद्देश्य एमसीसीमार्फत नेपालमा वैधानिक रूपमा प्रवेश गरी नेपाललाई चीन विरूद्धको साँघु बनाउनु हो। नेपालको विकास अमेरिकाको सोचाइमा होइन। चीन विरूद्ध प्रयोग गर्न अमेरिकाले जतिसुकै उपाय अपनाइरहेको छ।