चिनियाँ दिग्गज कलाकारको काष्ठकला प्रदर्शन
2022-05-20 09:54:44CRI
Share with:

हाल सुचौ सङ्ग्रहालयमा चिनियाँ दिग्गज कलाकार ह्वाङ योङयुका कलाकृतिहरूको प्रदर्शनी आयोजना भइरहेको छ। मे १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसमा सुरु भएको सो प्रदर्शनी सुचौ सङ्ग्रहालय र पैचिङ फाइन आर्ट एकेडेमीको सहयोगात्मक प्रयासमा भएको हो। प्रदर्शनीमा सन् १९४० देखि १९९० मा ह्वाङले सिर्जना गरेका ७८ वटा वुडब्लक प्रिन्टहरू र  काष्ठकलाका ब्लकहरू प्रदर्शनमा राखिएका छन्।