स्पेस क्याप्सूल? होइन, उत्तर यहीँ छ
2022-05-20 15:55:59CRI
Share with:

यो सछ्वान प्रान्तीय छङतु विमानस्थलमा यात्रुहरूको सुविधाकालागि राखिएको मिनि सुत्ने केबिन हो। यस सुत्ने केबिनको माथिल्लो र तल्लो तल्लामा गरी २ जना मानिस सुत्नमिल्छ। शुल्क तिरेर बाहिरबाट कार्डस्वाइप गरेपछि केबिनको ढोका स्वतःखुल्छ।

भित्र कस्तो छ? ओछ्यानबाहेक,खाटको दुबैपट्टी विभिन्न प्रकारका सुविधा उपलब्ध छन्। बत्ती बाल्न कार्ड राख्ने ठाँउ, ढोका खोल्ने स्विच, चार्जिङ सकेट र टिभी स्विच आदि। केबिनको ढोका बन्द गरेपछि एसीबाट भित्रको तापक्रम मिलाउनसकिन्छ। यस्तो सुत्ने केबिन घण्टा वा दिनको हिसाबमा लिन पाइन्छ। त्यही अनुसार पैसा तिर्नुपर्छ।

विमानस्थलमा यस्तो ‘क्याप्सुल’ होटलमा बस्ने इच्छा छ कि? तपाईँ कति तिर्न चाहनुहुन्छ? मेसेज बक्समा लेख्नुहोला!