सानच्याङयुआन क्षेत्रका जीव र वनस्पतिहरू
2022-05-20 11:31:01CRI
Share with:

सानच्याङयुआन क्षेत्र उत्तर-पश्चिमी चीनको छिङहाई प्रान्तको दक्षिणी भागमा अवस्थित छ। यो याङसी नदी, पीत नदी र लानछाङ नदीको जन्मस्थान हो। छिङहाई-तिब्बत पठारभूमीमा पर्ने यस क्षेत्रको औसत उचाइ ३५००-४८०० मिटर छ। ३ लाख वर्ग किलोमिटर भन्दा बढीको क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा विश्वको उच्च-भूभागमा पाइने जैविक विविधताको सबैभन्दा केन्द्रित क्षेत्रहरूमध्येको एक हो, जहाँ ३७० भन्दा बढी प्रजातिका जनावरहरू र २२०० प्रजातिका बोटबिरुवाहरू पाइन्छन्।