एक चीन नीतिमा चीनको जोड
2022-05-21 18:56:47cri
Share with:

 ७५ औँ विश्व स्वास्थ्य सभा मे २२ देखि २८ तारिखसम्म आयोजना हुँदैछ। थाइवान सत्तारूढले सभाको निमन्त्रणा नपाएकामा खेद र असन्तोष लागेको व्यक्त गरेको छ। हाल विभिन्न मुलुकले विश्व स्थास्थ्य संगठनलाई पत्र पठाएर थाइवान क्षेत्रलाई विश्व स्वास्थ्य सभामा संलग्न नदिने चीनको निर्णणलाई समर्थन गरी यस सभामा थाइवान विषयबारे छलफल गर्ने आशा नलिएको व्यक्त गरेका छन्।

 त्यसबारे चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले विश्वमा एक मात्र चीन छ र जन गणतन्त्र चीन सरकार समस्त चीनको प्रतिनिधित्व गर्ने एक मात्र वैधानिक सरकार हो तथा थाइवान चीनको भूभागको अविच्चिन्न एक अंश रहेको दोहोर्याउनुभयो।

 प्रवक्ता वाङले थाइवान क्षेत्रले एक चीनको नीतिबमोजिम विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय संगठनको कार्यक्रममा संलग्न हुनुपर्छ र संयुक्त राष्ट्र संघको महासभाको नं २७५८ निर्णय र विश्व स्वास्थ्य सभाको नं २५.१ निर्णयले उक्त मूल सिद्धान्तको निश्चित गरेको बताउनुभयो।