आठौं ब्रिक्स मुलुकका वातावरण मन्त्रीहरुको बैठक आयोजित
2022-05-21 18:41:36cri
Share with:

 

आठौं ब्रिक्स मुलुकका वातावरण मन्त्रीहरुको बैठक मे २० तारिख राति पैचिङमा भिडियो मार्फत आयोजित भयो। "हरित र कम-कार्बन विकासलाई प्रवर्द्धन गर्न हात मिलाऔँ" मुख्य विषयका साथ ब्रिक्स देशहरूले हरित र कम कार्बन परिवर्तनलाई गति दिन, २०३० दिगो विकास लक्ष्यहरू हासिल गर्न र निरन्तर पारिस्थितिक वातावरणीय सहयोगमा व्यापक सहमति हासिल गरेका छन्।

 चीनका पर्यावरणीय र वातावरणका मन्त्री ह्वान रोङ छ्यौले चीन सरकारले हरित र कम कार्बनको विकासलाई ठूलो महत्त्व दिएको र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको पारिस्थितिक सभ्यता विचारको मार्गनिर्देशनलाई पालना गर्ने कुरामा अडिग रहेको बताउनुभयो। उहाँले  पारिस्थितिक सभ्यताको निर्माण र पारिस्थितिक वातावरण संरक्षणलाई जोडदार रूपमा प्रवर्द्धन गर्ने बताउनुभयो।

 बैठकले “आठौं ब्रिक्स मुलुकका वातावरण मन्त्रीहरूको बैठकको संयुक्त वक्तव्य”को समीक्षा र अनुमोदन पनि गरेको छ।