अश्वेत आरोहीको टोलीलाई नेपालको पर्यटन बोर्डद्वारा सम्मान
2022-05-21 16:07:34cri
Share with:

अल्पसंख्यक अश्वेत आरोहीहरूको टोलीले सगरमाथाको शिखर चुमेर काठमाडौं फर्किएको छ। अल्पसंख्यक अश्वेत समुदायबाट आफैँ नेतृत्व गरेर सामूहिक रूपमा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान बनाएको अल ब्ल्याक अमेरिकन टिमलाई पर्यटन बोर्डले शुक्रबार सम्मान गरेको नयाँपत्रिका अनलाइनले लेखेको छ

फुल सर्कल एभरेस्ट एक्पिडिसन नाम दिइएको टोलीबाट १० जना सगरमाथा आरोहणका लागि गए तापनि सातजना मात्र चुचुरोमा पुग्न सफल भएका थिए। यो टोलीले गत बिहीबार बिहान सगरमाथाको चुचुरो चुमेको थियो

अमेरिकाको क्यालिफोर्नियाका फिलिप हेन्डर्सनले नेतृत्व गरेको अल ब्ल्याक अमेरिकन टोलीलाई सगरमाथा पुर्याउने जिम्मेवारी सांग्रिला नेपाल ट्रेकले लिएको थियो। आरोही टोलीमा एकजना केन्याका हुन् भने अरू सबै अमेरिकन रहेका छन्। विश्वभरि नै अफ्रिकीअमरिकी अश्वेत समुदायका नागरिकले भोग्नुपरेको रंगभेदविरुद्ध जनजेतना जगाउन र रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यसहित यो टोलीले सगरमाथा आरोहण गरेको हो

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले विभिन्न क्षेत्रबाट सगरमाथा आरोहण भइरहेको सन्दर्भमा फुल सर्कल एक्सपिडिसनका आरोहीले सगरमाथा आरोहण गरेर नयाँ सन्देश दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो नेपालको पर्यटकीय पर्यटनका लागि सुखद पक्ष हो

आरोहण टोलीका लिडर फिलिप हेन्डर्सनले आफ्नो टिमले सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा गर्व महसुस भएको बताउनुभयोविश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण आफैँमा रोमाञ्चक र जोखिमपूर्ण यात्रा हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो टिमले सफलतापूर्वक आरोहण गर्नु मेरा लागि र मेरो टिमका लागि नै खुसीको कुरा हो टिममा एकजना महिलासहित सातजना अश्वेत आरोही तथा १३ जना नेपाली आरोहीहरू सहभागी रहेको टिम लिडर हेन्डर्सनले बताउनुभयो।

https://nayapatrikadaily.com/news-details/87110/2022-05-21