७८औं यूनेस्क्याप (UNESCAP) वार्षिक बैठकको उद्घाटन समारोहमा चिनियाँ परराष्ट्र मन्त्रीको सम्बोधन
2022-05-23 18:57:54CRI
Share with:

मे २३ तारिख चीनको राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले क्वाङचौमा आयोजित संयुक्त राष्ट्र संघको एशिया-प्रशान्त आर्थिक समाजको ७८औँ वार्षिक सम्मेलनको उद्घाटन समारोहमा भिडियोमार्फत् उपस्थित भई भाषण दिनुभएको छ।

वाङ यीले एसिया-प्रशान्त क्षेत्रको शान्ति र समृद्धि यस क्षेत्रको भाग्य मात्र होइन, विश्वको भविष्यसँग पनि जोडिएको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामीले एशिया-प्रशान्त सहयोगको नयाँ महिमा सिर्जना गर्दै साझा भविष्यसहितको एशिया-प्रशान्त भाग्य समुदायको निर्माणलाई अघि बढाउनुपर्छ।’           

यसबारे विस्तृत रूपमा भन्दै उहाँले ३ बुँदामा प्रकाश पार्नुभयोः

पहिलो भनेको शान्ति र स्थायित्वको दृढतापूर्वक रक्षा गर्नु हो। संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तको पालना गर्दै एशिया-प्रशान्त क्षेत्रमा सैन्य समूह वा शिविरहरूलाई भित्र्याउने कुनै पनि प्रयासलाई स्पष्ट रूपमा अस्वीकार गर्नुपर्छ।

दोस्रो भनेको आर्थिक विकासको प्रवर्द्धन गर्नु हो। एसिया-प्रशान्त स्वतन्त्र व्यापार क्षेत्रको स्थापनाको प्रवर्द्धन गर्दै खुला एशिया-प्रशान्त अर्थतन्त्र लगायत खुला विश्व अर्थतन्त्रको निर्माण गर्नुपर्छ जसबाट विश्व आर्थिक पुनरूत्थान तथा वृद्धिको लागि थप "एसिया-प्रशान्त अवसरहरू" ल्याउने सकिन्छ।

तेस्रो भनेको एक अर्काको श्रेष्ठतालाई आपूर्ति गर्दै साझा विजय प्राप्त गर्नु हो।