परराष्ट्र मन्त्रालय: साझा भविष्यको साथ एशिया-प्रशान्त भाग्य समुदायको निर्माणलाई सबल पार्ने चीनको इच्छा
2022-05-23 18:56:34CRI
Share with:

मे २३ मा आयोजित चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रुस-युक्रेनी द्वन्द्वमा केही सदस्यहरूले रूस-युक्रेन समस्यामा जकडिएको कारणले एपेक सम्मेलनमा संयुक्त वक्तव्य सार्वजनिक नगरेकोबारेको प्रश्नको जवाफ प्रवक्ता वाङ वनपिनले दिनुभएको छ।

प्रवक्ता वाङले भन्नुभयो, ‘यस वर्षको सम्मेलनको आयोजक थाइल्याण्डको प्रयासमा  २८औं एपेक व्यापार मन्त्री स्तरिय सम्मेलनमा बहुपक्षीय व्यापार प्रणालीको समर्थन, एसिया-प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र स्थापना प्रक्रियाको प्रवर्द्धन, कनेक्टिभिटीको बढावा र हरित अर्थतन्त्र तथा डिजिटल अर्थतन्त्रको विकास  लगायतका क्षेत्रहरूमा सकारात्मक तथा वस्तुगत प्रगति हासिल गरिएको छ। APEC व्यापार मन्त्री स्तरिय सम्मेलन आर्थिक र व्यापारिक विषय छलफल गर्ने अवसर हो। सबै पक्षहरूले यस आर्थिक फोरमको प्रकृति र सम्मेलनको भूमिकालाई सम्मान गर्दै आर्थिक र व्यापारिक सम्बन्धमा ध्यान केन्द्रित गर्नुपर्छ। बरू भूराजनीतिक मुद्दाहरू समेटिनुबाट जोगाउनुपर्छ।  तापनि यस व्यापार मन्त्रिस्तरीय सम्मेलनमा केही सदस्यहरुद्वारा राजनीतिक संवेदनशील मुद्दाहरुलाई समेटिएको कारणले संयुक्त वक्तव्य सार्वजनिक गर्न असफल भयो जुन चीन लागयत धेरै एपेक सदस्यहरु हेर्न नचाहेको कुरा हो।’

वर्तमान परिस्थितिमा महामारी प्रतिरोध तथा आर्थिक पुनरुत्थानको प्रवर्द्धन गर्नु नै एसिया-प्रशान्त क्षेत्रका सबै सदस्यहरूको साझा आवाज भएको बताउँदै मन्त्री वाङले आयोजक थाइल्याण्डलाई दृढतापूर्वक समर्थन गर्दै विभिन्न क्षेत्रमा एपेकका सहयोगहरूमा सकारात्मक प्रगति हासिल गर्न अघि बढाउँदै जाने इच्छा चीनले लिएको पनि बताउनुभयो।