पैचिङमा साइकल चढ्न मन पराउने बेलायतका बैंकर ओलिभर बर्नचको कथा
2022-05-23 09:31:42cri
Share with:

 

अन्तर्राष्ट्रिय बैंकिङ संस्थामा कार्यरत एक बेलायती बैंकर ओलिभर बर्नच चीनको गतिशील विकासको आर्थिक भविष्यप्रति आशावादी हुनुहुन्छ साथै उहाँलाई चीनका धेरै शहरहरुले आकर्षित पनि गरेको छ।

 

सन् २००३ मा म पहिलो पटक चीन आएको थिएँ। मैले पैचिङ र सी आनका केही ठाउँहरु घुमेको थिएँ। चार वर्ष अगाडि कामको कारण म पैचिङमा बस्न आएँ। पहिलो चोटीको यात्राको तुलनामा यहाँ विशाल परिवर्तन भएको पाएँ। चीनको विकास आश्चर्यजनक रूपमा भएको देखेँ। उदाहरणका लागि चीनको पूर्वाधार पश्चिमा मुलुकहरुको भन्दा पनि राम्रो छ। चीनको मोबाइल भुक्तानी प्रणाली सुविधाजनक छ भने एक्सप्रेस रेलमार्ग सञ्जालको उच्च विकास भएको छ।

 

बेलायती नागरिक ओलिभरले दर्जनौँ वर्षसम्म बैंकमा काम गर्नुभएको छ। उहाँले दीर्घकालीन अवधिदेखि चीनको आर्थिक र सामाजिक विकासलाई ध्यान दिँदै आउनुभएको छ। उहाँले चीनको विज्ञान तथा वातावरणीय संरक्षण क्षेत्रको विकासको भविष्य राम्रो हुने ठहर गर्नुहुन्छ।

चीनको विज्ञान क्षेत्र निरन्तर रुपमा विकास हुँदै आएको एउटा क्षेत्र हो। यस क्षेत्रमा चीनले सधैँ सिर्जना गर्दै आएको छ। हरित ऊर्जा सम्बन्धी क्षेत्रमा चीनको विकास आश्चर्यजनक छ। सौर्य ऊर्जा तथा वायु ऊर्जा लगायत उद्योगको विकासको निहित शक्ति ठूलो छ, जसले ऊर्जाको संरचनालाई हरित, कम कार्बन र दिगो विकासतर्फ अघि बढाउने छ। चीनले सम्बन्धित क्षेत्रमा अरु बढी विकास गर्ने अनुमान हामीले गरेका छौँ। यसका साथै चीनले विश्वका लागि धेरै अनुभव प्रदान गर्नसक्छ, उदाहरणका लागि वातावरणीय प्रदुषण र जलवायु परिवर्तनको के कसरी सामना गरिनु हो।

 

फुर्सदमा ओलिभर चीनका विभिन्न ठाउँहरु घुमेर चिनियाँ खाना खान मन पराउनुहुन्छ। ठूलो चीनमा सुन्दर र विशेष प्राकृतिक तथा शहरीय दृश्यहरु धेरै भएको उहाँको ठहर छ।

म धेरै पटक शाङहाई, छिङ ताउ र हाङ चौ गएको छु। छङ तु र थ्यान चिन पनि घुमेको छु। केही वर्षअघि म तिब्बतको ल्हासा पनि गएँ। एकदम सुन्दर छ। सौभाग्य भन्नुपर्छ, विगत २० वर्षभित्र मैले चीनका धेरै ठाउँहरुको यात्रा गरेँ। हाङ चौ निकै सुन्दर छ, मलाई त्यहाँका दृश्य र बौद्ध स्टुप निकै मन पर्छ। युन नान प्रान्तको ता ली शहरमा पनि घुमेँ। सुन्दर अर हाईको छेउमा प्राचीन शहर देख्न पाएको अनुभव निकै राम्रो छ।

पर्यटनबाहेक साइकल चढ्नु ओलिभरको एउटा सौख हो।

 

साइकल चढेर पैचिङ घुम्नु मलाई धेरै मन पर्छ। हरेक दिन म साइकलबाट कार्यालय जान्छु। पैचिङ वरिपरि पहाडहरु चढ्न मलाई मन पर्छ। मन थौ कौ, छाङ फिङ र ह्वाई रौ लगायत जिल्लामा रहेको पहाडी क्षेत्रमा साइकल चढ्नु मलाई मनपर्छ। पैचिङमा साइकलमा घुम्नका लागि धेरै उपयोगी ठाउँहरु छन्। साथै साइकलका लागि विशेष र राम्रो बाटोहरु पनि छन्।

ओलिभरको रूचिप्रति उहाँकी दश वर्षीय छोरी पनि प्रभावित छिन्। फुर्सदमा छोरी पनि आफ्ना साथीहरुसँग शहरमा साइकल चढ्छिन्। आफ्नी छोरीबारे चर्चा गर्दा ओलिभर गौर्वान्भित हुनुभयो। उहाँले छोरी राम्रोसँग चिनियाँ भाषा बोल्ने र उनका धेरै चिनियाँ साथीहरु रहेको भन्दै प्रशंसा पनि गर्नुभयो।

 

चीनमा बसोबास गरेको कुराप्रति मेरी छोरीलाई खुसी लाग्छ। उनले राम्रो चिनियाँ भाषा बोल्छिन्। चिकित्सककहाँ जाँदा अथवा अरु ठाउँ घुम्दा उनी सधैँ मेरी अनुवादक हुन्। यहाँ उनका धेरै साथीहरु छन्। उनी सधैँ चिनियाँ साथीहरुसँग खुसीका साथ कुराकानी गर्छिन्।