राष्ट्राध्यक्ष सी चिनफिङ र तिब्बत पठारभूमिबीच गहिरो सम्पर्क
2022-05-23 20:46:35cri
Share with:

सन् १९५१ मे २३ तारिख चिनियाँ केन्द्रिय सरकार र पूर्व तिब्बती स्थानीय सरकारले तिब्बतको शान्तिपूर्ण मुक्तिको लागि सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेका थिए। जसबाट तिब्बतको शान्तिपूर्ण मुक्ति भयो।  हाल तिब्बतको राजनीति, अर्थतन्त्र, संस्कृति र जनताको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ। यो चिनियाँ नेतागणको उच्च महत्व, समर्थन र हेरचाहसँग अविभाज्य छ। चीनका सर्वोच्च नेता सी चिनफिङले धेरैपटक तिब्बतको भ्रमण गर्नुभयो।

सन् २०२१ जुलाई, तिब्बतको शान्तिपूर्ण मुक्तिको  ७० औँ वार्षिकोत्सवमा सी चिनफिङले तिब्बत पुगेर स्थानीय सर्वसाधारणलाई बधाई दिनुभयो।

सन् १९९८ मा चिनियाँ कम्युनिष्ट पार्टीको फुचेन प्रान्तीय समितिका उपसचिवको हैसियतमा सी चिनफिङले लिन्ची शहरको बाजी गाउँको निरीक्षण गर्नुभएको थियो।

सन् २०११ जुलाई १९ तारिख तत्कालीन चीनका उप राष्ट्राध्यक्ष सी चिनफिङले केन्द्रीय सरकारको प्रतिनिधि मण्डलको प्रमुखको हैसियतमा ल्हासामा आयोजना भएको तिब्बत शान्तिपूर्ण मुक्त भएको साठी‌औं वार्षिकोत्सव सम्मेलनमा भाग लिनुभएको थियो।

सन् २०१३ मा चीनका दुई वटा अधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनअन्तर्गत तिब्बत प्रतिनिधि मण्डलको छलफलमा उपस्थित हुँदै “देशको शासन गर्दा सीमावर्ती क्षेत्रको शासन गर्नुपर्छ, सीमावर्ती क्षेत्रको शासन गर्दा तिब्बतलाई स्थिर बनाउनुपर्छ” भन्ने महत्वपूर्ण रणनैतिक विचार प्रस्तुत गर्नुभएको थियो।

सन् २०१४ अगष्ट महिनामा सी चिनफिङले स छ्वान-तिब्बत राजमार्ग र छिङहाई-तिब्बत राजमार्ग संचालन भएको साठीऔं वार्षिकोत्सवमा महत्वपूर्ण आदेश दिनुभएको थियो। उहाँले स छ्वान-तिब्बत राजमार्ग र छिङहाई-तिब्बत राजमार्गलाई जातीय एकताको बाटो, तिब्बतको सभ्यता तथा प्रगतिको बाटो, तिब्बतको विभिन्न जातिका जनताको साझा धनी बाटोको रुपमा बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो।

सन् २०१५ अप्रिल २५ तारिख नेपालमा ८.१ रेक्टर स्केलको भयङ्कर भूकम्प गएको थयो। तिब्बत स्वायत्त प्रदेशको सिगाचे र आली क्षेत्रमा पनि प्रभाव परेको थियो। प्रकोपपछि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले महत्वपूर्ण आदेश जारी गरी स्थानीय सरकारसँग प्रकोपको उद्धार कार्य गर्न आग्रह गर्नुभएको थियो। मे महिनामा फेरि पनि सी चिनफिङले निरन्तर प्रयासमा प्रकोपको उद्धार गर्नुका साथै छिटै पुनःनिर्माण सुरू गर्न आदेश दिनुभएको थियो।

सन् २०१५ जुनमा सी चिनफिङले पैचिङमा एघारौं पन्चेनसँग भेट-वार्ता गर्नुभएको थियो।

सन् २०१५ अगष्टमा तिब्बत कार्यसम्बन्धी केन्द्रीय छैटौं गोष्ठी पैचिङमा आयोजना भएको थियो। कानूनबमोजिम तिब्बतको शासन गर्ने, सर्वसाधारणलाई धनी बनाउने, तिब्बको विकास गर्ने, दीर्घकालमा तिब्बतको निर्माण गर्ने जनताको मन एकिकृत पारेर आधारलाई सुदृढ पार्ने सिद्धान्तमा सी चिनफिङले जोड दिनुभएको थियो।

सन् २०१७ अक्टोबरमा सी चिनफिङले तिब्बतको लुङच जिल्ला युमाइ बस्तीका पशुपालक ट्रोगा र याङचुङ दिदी-बहिनीलाई जवाफी चिट्ठी फर्काउनुभएको थियो। चिट्ठीमा उहाँले उनीहरूको दशकौँदेखिको मातृभूमिको सुरक्षा गर्ने देशभक्त भावनाको प्रशंसा गर्नुभएको थियो।

जन जीवनको सुधार, रेलवे सञ्चालन, सिमाना क्षेत्रमा पशुपालकको जीवनलगायत ठोस विषयबाट तिब्बतको शासन नीतिलगायत समग्र नीतिसम्म महासचिव सी चिनफिङको मन सधैँ नै तिब्बत तथा तिब्बती जनतासँग घनिष्ट रूपमा गाँसिएको छ।