मेरो कोभिडसँगको दीर्घकालीन संघर्ष
2022-05-23 18:59:51CRI
Share with:
२४ वर्षीय लुइस, इङ्गल्याण्डको पूर्वी एसेक्समा जन्मेर हुर्केका हुन्। उनी विज्ञापन कम्पनीमा कार्यरत एक गतिशील व्यक्ति हुन् र एक प्रेरणादायक भ्लगर पनि हुन्। सन्२०२०को गर्मीमा, लुइस कोभिड संक्रमित भए। यद्यपि उनी अब संक्रमणमुक्त छन् कोभिडको दीर्घकालीन लक्षणहरूले गर्दा लुइसको सामान्य दैनिक जीवनलाई धेरै असर पारिएको छ। जस्तै मांसपेशी दुखाइ, थकान, आवधिक घाँटी दुखाइ। यसबाहेक, उनको स्वाद र गन्धको अनुभव पनि निको भइसकेको छैन। तापनि लुइस सक्रिय जीवन बिताउँदै आफूलाई सकेसम्म स्वस्थ राख्न प्रयास गरिरहेका छन्। कोभिड लागेपछिका लक्षणहरूबाट पीडित अरू व्यक्तिहरूलाई प्रेरित गर्न उनले व्यक्तिगत शारीरिक र मानसिक अनुभवहरूलाई पनि अनलाइन प्लेटफर्महरूमार्फत् बाँडेका छन्।