चिनियाँ परराष्ट्र मन्त्री र संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्त बीच भेट-वार्ता
2022-05-24 19:00:07CRI
Share with:

मे २३ मा चीनको राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले क्वाङचौमा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तले १७ वर्षपछि चीनको भ्रमण गरेकोले दुवै पक्षका लागि प्रतिकात्मक महत्व रहेको बताउनुभयो। यो भ्रमण समझदारी अभिवृद्धि गर्न, सहयोग सुदृढ पार्न र हल्ला निवारणको यात्रा हो भन्ने आशय पनि उहाँले व्यक्त गर्नुभयो।

वाङ यीले अन्तर्राष्ट्रिय मानवअधिकारको विकासमा विशेष गरी ठूला मुलुकहरूले बहुपक्षीयताको अभ्यास गर्ने, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्ने, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्ने नेतृत्व गर्नुपर्ने ठहर गर्नुभयो। बहुपक्षीय मानवअधिकार संस्थाहरू सहयोग र संवादको ठूलो मञ्च बन्नुपर्दछ। आपसी सम्मान र समान व्यवहारको आधारमा चीनले यसै संस्थासँग रचनात्मक सहयोग गर्ने इच्छा लिएको पनि वाङले जनाउनुभयो।

प्रत्युत्तरमा उच्चायुक्त ब्याचेलेटले आर्थिक, सामाजिक विकास र मानवअधिकार संरक्षणको प्रवर्द्धनमा चीनले हासिल गरेका महत्वपूर्ण उपलब्धिको लागि बधाई दिनुभयो। चीनको भूमिकामा ठूलो महत्त्व दिँदै यस भ्रमणमार्फत् दुई पक्षबीचको आपसी समझदारी र विश्वासलाई अभिवृद्धि गर्ने, विश्वव्यापी देखा परेका चुनौतीहरूको संयुक्त सामना गर्ने र अन्तर्राष्ट्रिय मानवअधिकारको संयुक्त प्रवर्द्धन गर्ने आशा राखेको पनि उहाँले बताउनुभयो।