एशिया प्रशान्त क्षेत्रले अमेरिकाप्रति सतर्कता अपनाउनुपर्छ
2022-05-24 16:41:10CRI
Share with:

स्थानीय समय बमोजिम मे २३ तारिख जापानको भ्रमणमा रहेका अमेरिकी नेताले तथाकथित “एशिया प्रशान्त आर्थिक प्रारुप” शुरुवात गर्ने घोषणा गरेका छन्। उक्त प्रारुपमा आपूर्ति श्रृंखलामा चीनसँग सम्बन्धबाट अलग हुने, अमेरिकाको बजारमा प्रवेश हुने भन्सार कर नघटाउने कुरा उल्लेख गरिएबाहेक अरु कुराहरू अस्पष्ट छन्। 

तथाकथित “एशिया प्रशान्त आर्थिक प्रारुप” अमेरिकी नेताले गत वर्षको अक्टोबरमा भिडियो तरीकामार्फत पूर्वी एशिया शिखर सम्मेलनमा उपस्थित हुँदै प्रस्तुत गरेको अवधारणा हो। अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले “एशिया प्रशान्त आर्थिक प्रारुप”ले निरन्तर रुपमा बलियो भै‍रहेको चीनको प्रभावको “प्रभावकारी रुपमा अवरोध” गर्ने कुरा बताइन्।

 

एकातिर, अमेरिकाले एशिया प्रशान्त क्षेत्रहरूसँग डिजिटल अर्थतन्त्र, आपूर्ति श्रृंखलाको स्थिरता, स्वच्छ ऊर्जा स्रोतको आधारभूत प्रबन्ध, भ्रष्टचार विरोधआदि क्षेत्रहरूमा सहकार्य गर्ने कुरा बताएको छ। तर केही एशिया प्रशान्त मुलुकहरूको विचारमा सहकार्यको तरीका स्पष्ट छै‍न। अमेरिकाले धेरै माग प्रस्तुत गरेको तर थोरै मात्र दिएको छ। 

अर्कातिर, हाल अमेरिकाको सामु मुद्रास्फीति र महामारी बिरुद्धको विफलताआदि चुनौतीहरू देखापरेका छन्। 

चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह हो। चीन एशिया प्रशान्तका प्रायजसो मुलुकहरूको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिसकेको छ। १ अर्ब ४० करोड जनसंख्याको विशाल परिमाणको बजार एशिया प्रशान्तका मुलुकलाई खोल्ने कुरा अमेरिकाले गर्नसक्छ त?

 

एशिया प्रशान्त सहकार्य र विकासको उत्कृष्ट क्षेत्र हो। अमेरिकाको तथाकथित “एशिया प्रशान्त आर्थिक प्रारुप”ले एशिया प्रशान्तको मूलभूत हितमाथि हानी पुर्‍याउने छ।