“थाइवानलाई विश्व स्वास्थ्य सभामा डाक्न खोज्ने” मुलुकहरू विफल
2022-05-24 19:11:30CRI
Share with:

पैचिङ समय बमोजिम मे २३ तारिख ७५औं विश्व स्वास्थ्य सभाले “थाइवानलाई पर्यवेक्षकको रुपमा विश्व स्वास्थ्य सभामा सहभागी हुन निमन्त्रणा गर्ने” मस्यौदालाई सभाको विषयसूचीमा राख्ने सम्बन्धमा केही मुलुकहरूद्वारा प्रस्तुत प्रस्ताव अस्वीकार गरिएको छ। यो विश्व स्वास्थ्य सभाले लगातार छ वर्षसम्म थाइवानसम्बन्धी मस्यौदा अस्वीकार गरेको विषय हो। यसबाट एक चीनको नीति अन्तर्राष्ट्रिय समाजको सामान्य सहमति भएको कुरा प्रतिविम्वित भएको छ।

थाइवान चीनको एक भाग हो। विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय संगठनका कार्यक्रममा थाइवानको सहभागिता एक चीनको नीतिको पालना गरिनुपर्छ। तथाकथित थाइवानसम्बन्धी मस्यौदाले “संयुक्त राष्ट्र संघको बडापत्र”को सिद्धान्तको उल्लंघन गरेको, अन्तर्राष्ट्रिय ऐनको आधारमा रहेको अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर रुपमा हानी पुर्‍याएको छ। उक्त मस्यौदा अवैधानिक छ।

 

७५औं विश्व स्वास्थ्य सभा शुरू हुनुअघि लगभग ९० वटा मुलुकले विश्व स्वास्थ्य संगठनलाई चिट्ठी पठाई एक चीनको नीतिबारे ब्याख्या गरेका  थिए भने थाइवान विश्व स्वास्थ्य सभामा सहभागी हुन विरोध गर्ने अडानबारे प्रकट गरेका छन्।