सी चिनफिङ र उहाँका बुवा: पवित्र र भक्तिपूर्ण भावना
2022-05-24 10:45:07cri
Share with:

 

तपाईँ एउटा गोरू जस्तै चिनियाँ जनताका लागि मेहनतका साथ काम गर्नुहुन्छ।” सी चिनफिङले बुवा सी चोङ स्युनको जन्मदिवसको अवसरमा पठाएको एउटा शुभकामना पत्रमा यसरी उल्लेख गर्नुभएको थियो। बुवाबाट मूल्यवान र असल व्यवहार सिक्ने र त्यसलाई बिंडो थाम्ने नै सी चिनफिङको इच्छा हो।

 

आफ्नो एउटा लेखमा सी चिनफिङले आफू पहेँलो भूमिको छोरा भएको उल्लेख गर्नुभएको छ। जनतामाझको सामान्य मानिस जनताको समर्थनबाट नेता बन्न सफल हुने र जनतामा नै भर पर्नुपर्ने कुरा सी चिनफिङ र उहाँका बुवाको मुख्य उद्देश्य हो र यो नै चिनियाँ कम्युनिष्ट पार्टी सदस्यहरूको मूलभूत अठोट हो।

 

सन् २०२१ को सेप्टेम्बर महिनामा चीनको पल्लो शान सीको युलिनको निरीक्षण भ्रमणमा रहनुभएका सी चिनफिङले आफ्ना बुवा सी चोङ स्युनले धेरै वर्षअघि काम गरेको र बसेको ठाउँ अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी स्वै द स्थानीय समितिको पुरानो स्थलको अवलोकन गर्नुभएको थियो।

 

जनतामा भर परेर जनताका लागि सेवा प्रदान गर्नु नै सी चिनफिङ र उहाँका बुवाको साझा कर्तव्य हुनुका साथै सशक्त शक्ति पनि हो।