५-जीबाट चिनियाँहरूको जीवन राम्रो हुँदै
2022-05-24 18:55:53CRI
Share with:

चीनको उद्योग तथा सूचना मन्त्रालयले हालै सार्वजनिक गरे अनुसार, चीनमा लगभग १६ लाख ५-जी आधार स्टेशनको निर्माण भएको छ र विश्वमा स्वतन्त्र नेटवर्किङ मोडेलमा आधारित ठूलो परिधिमा ५-जी नेटवर्क निर्माण गर्ने पहिलो देश बनेको छ।

सन्२०२२को पहिलो त्रैमासिकमा, चीनमा निर्माणाधीन "५-जी+ औद्योगिक इन्टर्नेट" परियोजनाहरूको कुल संख्या २४०० पुगेको छ।

५-जी प्रविधिको प्रयोग जताततै देख्न सकिन्छ र चिनियाँ जनताको दैनिक जीवनमा पनि परिवर्तन भइरहेको छ। पछिल्लो तथ्याङ्क बमोजिम, चालू वर्षको पहिलो त्रैमासिकमा चीनमा १ लाख ३४ हजार ५-जी आधार स्टेशन थपिएको छ। र ५-जी नेटवर्कले देशभरका सबै प्रिफेक्चर-स्तरका सहर र काउन्टीहरूलाई ढाकेको छ।

चीनको ग्रामीण क्षेत्रमा ५-जी आधार स्टेशनहरू स्थापना भएदेखि यता, मोबाइलफोनहरू कुना-कुनाहरूमा पनि पूर्ण सिग्नल पाउन थालिएको छ। गाउँलेहरूले प्रत्यक्ष प्रसारणमार्फत् विशेष उत्पादनहरू बेच्न थालेपछि ठूलो संख्यामा विदेशी र चिनियाँ उपभोक्ताहरूलाई आकर्षित गरिएको छ।

५-जी प्रविधिको समर्थनमा, दूर शिक्षा जस्ता व्यवसायहरूको द्रूत विकास गरिरहेका छन् साथै "५जी+" शहरी सार्वजनिक सेवारत जीवनका विविध क्षेत्रहरूमा प्रवेश भई शहरी व्यवस्थापन र सार्वजनिक सेवाहरूको लागि "राम्रो सहयोगी" बनेको छ।