चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा ७५ औँ विश्व स्वास्थ्य संगठन सम्मेलनको थाइवान विषयमा सम्बोधन
2022-05-24 11:15:26cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ७५ औँ विश्व स्वास्थ्य संगठन सम्मेलनको थाइवान सम्बन्धी विषयमा सम्बोधन गर्नुभएको छ।

 

सम्बोधनमा भनिएको छ: ७५ औँ विश्व स्वास्थ्य संगठन सम्मेलनको प्रधान परिषद् र पूर्ण बैठकले बेग्ला बेग्लै गरी के निर्णय गरेका छन् भने कुनै पनि मुलुकद्वारा प्रस्तुत गरिएको तथाकथित “पर्यवेक्षकको हैसियतले विश्व स्वास्थ्य संगठन सम्मेलनमा सहभागी हुन थाइवानलाई निमन्त्रणा दिने” प्रस्तावलाई सम्मेलनको कार्यसुचीमा राख्न अस्वीकार गरेका छन्। त्यसबाट के प्रमाणित गरिएको छ भने एउटा मात्र चीन भन्ने सिद्धान्त अन्तर्राष्ट्रिय समाजको साझा व्यवहार र मुल प्रवाह भएकाले त्यसमाथि कुनै पनि चुनौती छैन।

 

थाइवानको निहुँ खोजेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन। होइन भने अन्त्यमा अवश्य पनि विफल हुनेछ। यो चीनको आग्रह हो।