रोबोटबाट कृषि क्षेत्रको प्रवर्द्धन -- नयाँ युगका किसान
2022-05-25 14:52:57cri
Share with:

चीनको शाङहाई सहरको थिङ लिन बस्तीमा एउटा विशेष खेत छ। जहाँ रोपाइँ, घाँस काट्ने, मलजल गर्ने आदि काम किसानले होइन, रोबोटबाट गरिन्छ। खेतछेउमा एउटा प्रयोगशाला पनि छ, केही युवाले कम्प्युटरमा कोड लेख्छन् र प्रयोगशाला तथा खेतमा परीक्षण गर्छन्।

यस खेतका मालिकको नाम वाङ चिन युए हो, किसानी काम गर्नु अघि, उनले वेबसाइट व्यवसायबाट थुप्रै पैसा कमाएका छन्। सन् २०१५ मा उनले सहरी काम छोडेर आफ्नो घरखेतमा प्रविधि भित्र्याएका हुन्।

केही युवा साथीहरूसँग मिलेर उनीहरूले कृषि रोबोटको अध्ययन गरेका छन्। अझ विविध किसिमका कृषि रोबोटको सिर्जना गरेर पुरानो कृषि उपकरणको सट्टा नवप्रविधिबाट खेती गर्ने एउटा आनन्ददायी काम बनाउने वाङको सपना छ।