नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साही
2022-05-25 16:25:24CRI
Share with:

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रको धारणा सकारात्मक पाइएको हो।   

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘सरकारका नीति तथा कार्यक्रम राम्रा छन् । रोजगारी सिर्जना, उत्पादन क्षेत्रमा लगानी बढाउने, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। औद्योगिक नीति तथा कार्यक्रममा हामीले उठाएका धेरै कुरा सम्बोधन भएका छन्। औद्योगिक प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम आएका छन् जुन सकारात्मक छ। 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालका अनुसार नीति तथा कार्यक्रम महìवाकाङ्क्षी छ । निजी क्षेत्रले उठाएको कुरा र सरकारलाई दिएको सुझाव समावेश भएका छन्। औद्योगिक प्रवद्र्धन, लगानीमैत्री वातावरण, अहिलेको आर्थिक सङ्कट समाधान गर्ने कुरालाई नीतिगत रूपमा समेटिएको छ। औद्योगिक, वाणिज्य नीति, औद्योगिक पूर्वाधार निर्माणका विषय पनि समेटिएका छन्। यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले लघु, घरेलु तथा सानासहित ठूला उद्योग लक्षित नीति तथा कार्यक्रम आएको बताउनुभयो। गोरखापत्र।