राष्ट्राध्यक्ष सी चिनफिङद्वारा संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला सम्बन्धी उच्च कमिश्नरसँग भेटवार्ता
2022-05-25 15:34:37cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २५ तारिख पैचिङमा भिडियो माध्यममार्फत संयुक्त राष्ट्र संघका मानव अधिकार मामिला सम्बन्धी उच्च कमिश्नर भेरोनिका मिचेल बाचलेट जेरियासँग भेटवार्ता गर्नुभएको छ।

 

त्यस अवसरमा राष्ट्राध्यक्ष सीले उच्च कमिश्नर बाचेलेटलाई चीनमा स्वागत गर्नुका साथै चिनियाँ इतिहास र संस्कृतिमा गहन रूपमा रहेको चीनको मानव अधिकार कार्यको व्याख्या गर्दै मानव अधिकारको पूर्ण रूपमा संरक्षण गर्ने र त्यसलाई प्रत्याभूति दिलाउने चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको सैद्धान्तिक अडान सम्बन्धमा स्पष्टसँग प्रकाश पार्नुभएको छ।

 

साथै उहाँले मानव अधिकारलाई सुनिश्चित पार्नका लागि चार बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। पहिलो, जनतालाई प्राथमिकता दिनुपर्छ। दोस्रो, विभिन्न मुलुकका मानव अधिकार विकास हुने छनौटको सम्मान गर्नुपर्छ। तेस्रो, विभिन्न प्रकारका मानव अधिकारको ख्याल विचार गर्नुपर्छ। र चौथो, पुरै विश्वको मानव अधिकार सञ्चालन कार्यलाई सबल पार्नुपर्छ।