हामीले खाने धेरै फलफूल र तरकारीहरू “अन्तरिक्ष बिउ”का सन्तान
2022-05-25 11:23:58cri
Share with:

केही समयअगाडि चीनको शनचौ नम्बर १३ अन्तरिक्ष यान १२००० वटा बिउ बोकेर पृथ्वी फर्केको थियो। सन् १९८७ मा चीनले पहिलो पटक बिउ अन्तरिक्षमा पठाएको थियो। यसरी अन्तरिक्षबाट फिर्ता ल्याएर हालसम्म २०० किसिमका अन्तरिक्ष बोटबिरूवालाई चीनले हुर्काउँदैआएको छ। साथै उक्त बोटबिरूवाको रोपन क्षेत्रफल २४ लाख हेक्टर अधिक छ।

अन्तरिक्ष बिउ हुर्काउने प्रविधिबाट केही तरकारीको हुर्किने समयला छोटो बनाइएको छ भने केही तरकारीमा रोग प्रतिरोधी शक्ति थपिएको छ।

हामीले खाने धान, मकै, खुर्सानीजस्ता धेरै खानेकुराहरू अन्तरिक्ष बिउका सन्तान हुनसक्छन्।