विश्वको शिखरको चुनौती सामना गर्ने चिनियाँ र नेपाली हिरोइन
2022-05-25 21:09:46CRI
Share with:

मे २६, विश्व मानव अवस्था चुनौती दिवस हो।(world human condition  challege Day) मानवको शारीरिक अवस्थाको चुनौतीको कुरा गर्दा, धेरै मानिसहरूको दिमागमा आउने पहिलो चुनौती विश्वको सर्वोच्च चुचुरो-सगरमाथाको शिखरमा पुग्नु हो। यसै सन्दर्भमा हामीले हालै सगरमाथा आरोहण गरेका नेपाली र चिनियाँ हिरोइनहरूलाई उल्लेख गर्नुपर्छ।

नेपाली आरोही लाक्पा शेर्पा। सन्२०२२ मे १२मा नेपाली पर्वतारोही लाक्पा शेर्पाले दशौं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै आफैंले विश्वको चुचुरोको चुनौती जितिन्। आफ्नो कामबाट बढीभन्दा बढी महिलाहरूलाई साहस दिने र आफ्ना सपनालाई साकार तुल्याउन प्रेरित गर्ने आशा शेर्पाले राखेको बताइन्।

चिनियाँ महिला पर्वतारोही चङ यानहोङ। सन्२०२१ मे २३मा एक जना चिनियाँ महिलाले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गर्ने महिलामध्ये सबैभन्दा छोटो समयको विश्व कीर्तिमान तोडिन्। उनी हुन् चिनियाँ महिला पर्वतारोही चङ यानहोङ। यसअघि विश्वमा ३ जना आरोहीले मात्रै छोटो समयमै सगरमाथाको सफल आरोहण गरेका छन्। थाहा भए अनुसार, चङ यानहोङले सगरमाथाको सफल आरोहण गरेको यो तेस्रो पटक हो।

नेपाली पर्वतारोही लाक्पा शेर्पा होस् वा चिनियाँ महिला पर्वतारोही चङ यानहोङ, उनीहरू हाम्रो लागि आफ्नै शारीरिक सीमालाई चुनौती दिने नमूना हुन्। नेपाली साथीहरू, सगरमाथा आरोहण गरेका अन्य नेपाली र चिनियाँ हिरोइनहरू को-को होलान् ?  हामीसँग बाँड्नुहोला।