अमेरिकी राजनीतिज्ञहरूको विवेक उठाउन अझै कतिको ज्यान जानुपर्ने होला?
2022-05-25 21:14:39CRI
Share with:

स्थानीय समय अनुसार मे २४ तारिख अमेरिकी टेक्सास राज्यको उभाल्डेमा रहेको रोब प्राथमिक स्कुलमा भएको गम्भीर गोलीबारीमा कम्तीमा १९ जना बालबालिकासहित २० जनाभन्दा बढीको मृत्यु भएको छ। सन् २०१२ मा कनेक्टिकट राज्यको न्यूटाउनको स्यान्डी हुक प्राथमिक स्कूलमा भएको गोलीकाण्डपछि भएको यो एउटा दुःखद् त्रासदी हो। र अमेरिकामा सबैभन्दा घातक विद्यालय गोलीबारी दुर्घटनामध्येको एक हो। मारिएका ती बालबालिका तिनीहरूका परिवारको आशा थिए तर अहिले बन्दुक हिंसाको सिकार बने।

 

विश्वलाई चकित पारेका ती गोली दुर्घटनाहरूको कारणले अमेरिकी जनतालाई निराश लागेको छ। लामो समयदेखि यता, बन्दुक हिंसा अमेरिकामा एक निको नहुने रोगको रूपमा रहिरहेको देखिन्छ। 

अमेरिकी न्याय मन्त्रालयले हालै जारी गरेको प्रतिवेदन अनुसार, सन्२०००देखि २०२०सम्म, अमेरिकी बन्दुक उत्पादकहरूले आन्तरिक बजारका लागि कुल १३करोड ९०लाख बन्दुक उत्पादन गरे। तीमध्ये सन्२०२०मा मात्र १करोड१३ लाखको उत्पादन थियो। बाहिरबाट हेर्दा, अमेरिकामा बन्दुक नियन्त्रणको समस्या धेरै विषयसँग सम्बन्धित छ जस्तै भनौं, राजनीतिक दलहरू बीचको संघर्ष, स्वार्थ समूहहरू र अमेरिकी जातिवादको समस्या। विशेष गरी, अमेरिकी राजनीतिले भोट र पैसाको सेवा गर्छ, जसबाट बन्दुक नियन्त्रण प्रक्रियालाई अघि बढाउनु निकै गाह्रो बनाइदिएको छ। "राजनीतिज्ञ+हतियार उत्पादक" को यस्तो सैन्य-औद्योगिक समूहले अमेरिकी नीति र जनमतमा गहिरो प्रभाव पारेको छ। यही कारणले गर्दा अमेरिकामा बारम्बार बन्दुकको गोलीकाण्ड भएतापनि सुतेको नाटक गर्ने राजनीतिज्ञहरूलाई कहिल्यै ब्युँझाउन सक्दैन।

 

एक वाक्यमा भन्नुपर्दा, यी सबै अमेरिकी राजनीतिज्ञहरूले जनताको बाँच्ने अधिकारको बेवास्ता गरिरहेकोबाट उत्पन्न भएका हुन्। अमेरिकी राजनीतिज्ञहरूका लागि कोरोना महामारीमा गुमाएका लाखौं ज्यानहरू केही पनि होइनन्, र गोलीबारीमा छोडिएको रगत पनि केही होइन, केवल राजनीतिक स्वार्थ र अमेरिकी प्रभुत्व नै उनीहरूको मनमा उडिरहेको सोचविचार हो। 

अमेरिकी राजनीतिज्ञहरूको विवेक जगाउनको लागि अझै कतिको ज्यान बन्दुकमुनी जानुपर्ने भन्ने कुरा कसैलाई थाहा छैन। जब उनीहरू आफ्नै जनताको सबैभन्दा आधारभूत अधिकारको वास्ता गरिरहेका छैनन्, उनीहरूले अरू देशको मानवअधिकारको साँच्चै ख्याल राख्न सक्छन् भन्ने कुरा विश्वले कसरी विश्वास गर्ने? वास्तवमा बन्दुकको आवाजले "अमेरिकी मानव अधिकार" को मुखौटालाई नष्ट पारिसकेको छ।