हिजोआज चीनमा धेरैभन्दा धेरै प्राविधिक सामग्रीहरूले चिनियाँहरूको जीवनलाई सहज बनाएको देखिन्छ। हामी सँगसँगै हेरौँ।
पहिलो, यो स्वचालित खाना विक्री गर्ने कार हो। उपभोक्ताले कारको छेउमा हात हल्लाएर कारलाई रोक्न सक्छन्। त्यसपछि खाना छनौट गरी भुक्तानी कोड स्क्यान गरेर १५ सेकेण्डपछि तातो र मीठो खाना पाउन सक्छन्।
दोस्रो, यो चीनको सीआन सहरको एउटा वाणिज्य सडकमा पेय पदार्थ विक्री गर्ने रोबोट हो। यस्तो रोबोटले बालबालिकालाई आकर्षित गर्दछ।
तेस्रो फोटोमा देखाइएको पाण्डा बस स्वचालित रूपमा चल्नुकासाथै यात्रुसँग कुराकानी पनि गर्न सक्छ।
चौथो फोटोमा चीनको शान तोङ प्रान्तको एउटा औद्योगिक पार्कमा रोबोटले सुरक्षा जाँचबुझ गर्दैछ।
अन्तिम फोटोमा चीनको यिन छुआन सहरमा एक बालक एउटा रोबोट कुकुरसँग खेल्दैछन्।