केही जापानी राजनीतिज्ञहरू दिवास्वप्न देख्दै
2022-05-26 20:50:18CRI
Share with:

अमेरिका, जापान, भारत, अस्ट्रेलिया गरी चार मुलुकका नेताहरूले हाल जापानको टोकियोमा “चार पक्षीय संयन्त्र” शिखर सम्मेलनको आयोजना गरेका छन्। जापानका प्रधानमन्त्री फुमिओ किशिदाले उक्त सम्मेलनको अध्यक्षता गर्नुभयो। जापान र अमेरिकाका नेताहरूको सम्मेलनमा जापान र अमेरिकाको संयुक्त वक्तव्यमा चीनसम्बन्धी भनाइ गलत छ।

जापानी सञ्चार-माध्यमले जनाएअनुसार, यस पटकको “चार पक्षीय संयन्त्र” शिखर सम्मेलनले सैन्य र सामाजिक आधारभूत प्रबन्धको निर्माण यी दुबै क्षेत्रमा चीनसँग शत्रुता साँधेको छ। सम्मेलनपछि आयोजना भएको पत्रकार सम्मेलनमा फुमिओ किशिदाले आगामी पाँच वर्षमा “चार पक्षीय संयन्त्र”ले एशिया प्रशान्तलाई ५० अर्ब अमेरिकी डलरको आधारभूत प्रबन्धको सहयोग र लगानी गर्ने कुरा बताएका छन।

तथ्यांकअनुसार, सन् २०१३ देखि सन् २०२१ सम्म चीनले “बेल्ट एण्ड रोड” आबद्ध मुलुकहरूलाई १ खर्ब ६१ अर्ब ३० करोड अमेरिकी डलरको प्रत्यक्ष लगानी गरेको थियो। आधारभूत प्रबन्धको क्षेत्रमा चिनियाँ उद्योग-व्यवसायको शक्तिशाली प्रतिस्पर्धात्मक शक्ति छ।

एशिया प्रशान्तको शान्तिपूर्ण विकास पाउन गाह्रो छ। चीनले राष्ट्रिय सर्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्ने बलियो अठोट गरेको छ। केही जापानी सैनिक र राजनीतिज्ञले गल्ती नरोक्ने हो भने जापानलाई खतरानक अवस्थामा पुर्‍याउने छन्।