चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोद्वारा “चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्शदात्री कार्य नियम”बारे लेखाजोखा
2022-05-27 16:48:53CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले मे २७ तारिख सम्मेलनको आयोजना गरी “चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्शदात्री कार्य नियम”बारे लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ। 

उक्त सम्मेलनअनुसार, राजनीतिक परामर्शदात्री कार्य गर्नका लागि नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी सी चिनफिङको विचारधारालाई निर्देशको रुपमा राखेर सी चिनफिङको महत्वपूर्ण विचारधारालाई व्यवहारमा उतार्नुपर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको चौतर्फी नेतृत्वको पालना गर्नुपर्ने, मूलभूत र महत्वपूर्ण समस्याहरूमा एकीकृत सहमति हासिल गर्नुपर्ने छ।