कलाकार हान मैलिनको कला प्रदर्शनी आनह्वीमा
2022-05-28 15:50:46CRI
Share with:

मे २६ तारिखदेखि हान मैलिनको कला प्रदर्शनी चिनियाँ आनह्वी प्रान्तीय कला संग्रहालयमा सुरू भएको छ। ८० वर्षीया हान मैलिन चीनकी प्रसिध्द  कलाकार हुनुहुन्छ। उहाँले चिनियाँ परम्परागत  संस्कृति र नवीन विचार मिलाएर सन् २००८ पैचिङ ओलम्पिक खेलको लागि शुभंकर डिजाइन गर्नुभएको थियो।

यस प्रदर्शनीमा सुलेखन, मूर्तिकला, सिरेमिक, बैजनी बालुवा, काठ नक्काशी, फलाम कला लगायत ४०० भन्दा बढी कला प्रदर्शन गरिएका छन्।