चिनियाँ सभ्यताको ऐतिहासिक अनुसन्धानलाई गहन पारेर ऐतिहासिक चेतना र सांस्कृतिक आत्म-विश्वासलाई बलियो बनाउने--- सी चिनफिङ
2022-05-28 17:05:22CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले २७ तारिख चिनियाँ सभ्यताको उत्पत्तिको खोजी गर्ने परियोजनाबारे ३९औँ पटक सामूहिक प्रशिक्षण गरेको छ।

सो अवसरमा महासचिव सी चिनफिङले जोड दिनुभयो, ‘चिनियाँ सभ्यताको इतिहास लामो छ र विषय व्यापक तथा गहन छ। यो चिनियाँ राष्ट्रको अद्वितीय आध्यात्मिक पहिचान हो, समकालीन चिनियाँ संस्कृतिको आधार हो, विश्वभर चिनियाँहरूलाई जोड्न आध्यात्मिक बन्धन हो र चिनियाँ सांस्कृतिक नवाचारका लागि धनराशी पनि हो।’

त्यस्तै पाँच हजार वर्षभन्दा लामो चिनियाँ सभ्यताको विकास इतिहासबारे गहिरो रूपमा बुझ्दै चिनियाँ सभ्यताको ऐतिहासिक अनुसन्धानलाई गहन पारेर पूरै पार्टी तथा समाजलाई ऐतिहासिक चेतना र सांस्कृतिक आत्म-विश्वासको प्रवर्द्धन गर्न लगाउने, दृढताका साथ चिनियाँ विशेषतायुक्त समाजवादी मार्गमा हिंड्ने गरी समाजवादी आधुनिक देशको चौतर्फी निर्माण र चीनको महान पुनरुत्थानका लागि एकजुट भएर प्रयास गर्नुपर्ने पनि सीले बताउनुभयो।