तथाकथित चीनसम्बन्धी नीतिको “नयाँ टेवा”द्वारा अमेरिकी शैलीको प्रभुत्वमा परिवर्तन नहुने
2022-05-28 17:07:37CRI
Share with:

स्थानीय समयबमोजिम मे २६ तारिख अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनले जर्ज वाशिङटन विश्वविद्यालयमा चीनसम्बन्धी नीतिबारे भाषण गर्दै “लगानी, गठबन्धन, प्रतिस्पर्धा”को केन्द्रमा रहेको चीनसम्बन्धी नीतिको नयाँ टेवा प्रस्तुत गरेका छन्। उक्त नयाँ टेवा पहिलेको “प्रतिस्पर्धा, सहकार्य, प्रतिद्वन्दिता”को भनाइको तुलनामा अलि परिवर्तनजस्तै देखिएको तर वास्तविक विषयमा परिवर्तन भएको छैन।

सन् २०२१ मार्चमा ब्लिन्केनले पद सम्हालेपछि गरेको पहिलो कूटनीतिक नीतिसम्बन्धी भाषणमा “प्रतिस्पर्धा, सहकार्य, प्रतिद्वन्द्विता”भन्ने चीनसम्बन्धी नीति प्रस्तुत गरेका थिए।

ब्लिन्केनले भाषण गर्दै अमेरिकी परराष्ट्र मन्त्रालयले एक “चिनियाँ टोली”को स्थापना गर्ने घोषणा गरेका छन्। केही दिनअघि अमेरिकी राष्ट्रपति बाइडेनले एशियाको भ्रमणका दौरान तथाकथित “एशिया प्रशान्त रणनीति” प्रस्तुत गरेका थिए। यसबाट हेर्दा अमेरिकाले चीनलाई अवरोध गर्ने उद्देश्य भएको प्रष्टै छ।

हालै अमेरिकामा स्वदेशी अन्तरविरोध धेरै छ। ग्यालपले मे २५ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, गोलीकाण्डका मुद्दा, मुद्रास्फीति, सामग्री अभाव, पेट्रोलियम मूल्यवृद्धिको असरमा तथ्यांक ग्रहण गर्ने १६ प्रतिशत व्यक्तिहरू अमेरिकाको वर्तमान अवस्थाप्रति सन्तुष्ट छन् तर ८३ प्रतिशत अमेरिकीहरूले अमेरिका “ट्र्याक”बाट बाहिर गएको ठहर गरेका छन्।