विश्व, चीन, चीन र अमेरिकाबीचको सम्बन्धबारे अमेरिकाको दृष्टिकोणमा गम्भीर विचलनः वाङ यी
2022-05-29 17:05:38CRI
Share with:

हालै अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनले नीतिबारे चर्चा गर्दै चीनले अन्तर्राष्ट्रिय सम्बन्धबारे “सबैभन्दा गम्भीर दीर्घकालीन चुनौती” ल्याएको, अमेरिकाले आफ्नो लागि लगानी बढाउने, गठबन्धनसँग एकता गर्ने, चीनसँग प्रतिस्पर्धा गर्ने कुरा बताए। मे २८ तारिख पत्रकारले यो अन्तर्राष्ट्रिय परिस्थिति र चीन र अमेरिकाबीचको सम्बन्धमा के प्रभाव पर्नेछ भनी प्रश्न सोधेका छन्। चीनका परराष्ट्र मन्त्री वाङ यीले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनसम्बन्धी नीतिबारेको भाषणबाट अमेरिकाको विश्व दृष्टिकोण, अमेरिकाको चीन दृष्टिकोण, चीन र अमेरिकाबीचको सम्बन्धबारे अमेरिकाको दृष्टिकोणमा गम्भीर बिचलन भएको कुरा प्रमाण पेस गरिएको बताउनुभएको छ।

वाङ यीले अन्तर्राष्ट्रिय समाजको अत्यावश्यक कार्य भनेको मानव स्वास्थ्यको संरक्षण गर्नु, विश्व अर्थतन्त्रको पुनरुत्थानलाई बढाउनु, विश्वको शान्तिको संरक्षण गर्नु हो भन्दै विभिन्न पक्षले संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तको अक्षरशःपालना गर्नुपर्ने कुरा बताउनुभयो।

वाङ यीले १ अर्ब ४० करोड जना चिनियाँले आधुनिकीकरणतर्फ लम्केको कुरा मानवको ठूलो प्रगति भएको र विश्वको त्रास र चुनौती नभएको कुरामा जोड दिनुभयो।

वाङले चीन र अमेरिकाबीचको सम्बन्ध महत्वपूर्ण चौबाटो रहँदैआएको, अमेरिकाले सही छनौट गर्नुपर्ने, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, सहकार्य र साझा विजयी गरी तीन वटा सिद्धान्त राम्रोसँग पालना गर्नुपर्ने कुरा बताउनुभयो।