चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ चिनियाँ संस्कृतिको उत्तराधिकारी र अधिवक्ता
2022-05-29 19:39:49CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको सामूहिक प्रशिक्षणको अध्यक्षता गर्नुभयो। सो अवसरमा उहाँले ऐतिहासिक चेतना र सांस्कृतिक आत्म-विश्वासको प्रवर्द्धनमा जोड दिनुभयो। उहाँका अनुसार, चिनियाँ सभ्यताको इतिहास लामो छ र विषय व्यापक तथा गहन छ। यो चिनियाँ राष्ट्रको अद्वितीय आध्यात्मिक पहिचान हो, समकालीन चिनियाँ संस्कृतिको आधार हो, विश्वभर चिनियाँहरूलाई जोड्न आध्यात्मिक बन्धन हो र चिनियाँ सांस्कृतिक नवाचारका लागि धनराशी पनि हो। 

उहाँले परोपकार, जनताको कदर, इमान्दारिता, न्याय, मेलमिलापलगायत  चिनियाँ सभ्यताको आध्यात्मिक विषयको उत्तराधिकार तथा विकास गरी चिनियाँ विशेषतायुक्त, चिनियाँ शैली र चिनियाँ प्रभावकारी देशको शासन अवधारणाको निर्माण गर्नुभएको छ।

कन्फ्युसियन क्लासिक पुस्तकहरूमा “संसारलाई फाइदा पुर्याउने”, “संसार सार्वजनिक छ”  भन्ने विषय लेखिएको छ। चिनियाँ सभ्यताले आपसमा सहयोग दिनुपर्ने धारणा लिएको छ। यसको आधारमा सी चिनफिङले साझा मानव भाग्य समुदायको निर्माण गर्ने अवधारणा प्रस्तुत गर्नुभएको  छ।

चिनियाँ सभ्यतामा समानता र संवाद हुनुपर्ने विषय छ। कन्फ्युसियसले भनेका थिए, " आफैँले मन नपराएको कुरा, अरूलाई पनि जबरजस्ती लाद्नु हुँदैन।" सी चिनफिङको कूटनीतिक विचारमा “आपसी सम्मान, सहयोग तथा साझा विजयको आधारमा शान्तिपूर्ण बाटोमा अडिग लागिरहने” विषय प्रस्तुत गर्नुभएको छ। 

चिनियाँ सभ्यतामा खुला तथा सहिष्णु र आपसी सिकाइ भन्ने विचारधारा छ। प्राचीन रशमी मार्गको आधारमा सीले “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय निर्णयमा गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। 

सी चिनफिङले प्राचीन भनाइहरूको उद्धार गरेर सभ्यताको विविधतालाई सम्मान गर्ने विचारबारे व्याख्या गर्नुभएको छ। 

यो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, चिनियाँ सभ्यताको उत्तराधिकारी र अधिवक्ता हनुहुन्छ।