तिब्बतमा मह उद्योगबाट रोजगारी सिर्जना
2022-05-30 14:48:53cri
Share with:
३ हजार ६५० मिटरको उचाइमा रहेको तिब्बत स्वायत्त प्रदेशको शान्नान सहरको गोङ्गर जिल्लामा अवस्थित एक मौरीपालन आधारमा कर्मचारीहरू मह सङ्कलन गरिरहेका छन्। यो आधार तिब्बतकालागि हुनान प्रान्तको सहायता टोलीले निर्माण गरेको हो।
सन् २०२० मे महिनामा निर्माण गरिएको यो आधारमा आठ मौरी प्रजनन केन्द्र छन् जसले ३५८ स्थानीय तिब्बतीलाई रोजगारी उपलब्ध गराएको छ। स्थापनाको पहिलो वर्ष ८ मिलियन युआन बराबरको मह विक्री भएको छ।