यार्सागुम्बा टिप्ने मौसम आयो
2022-05-30 14:50:59cri
Share with:

चीनको तिब्बतको नाछ्यु सहर अन्तर्गत बीरू बस्ती तिब्बतमा यार्सागुम्बा पाइने मुख्य ठाउँ हो। त्यसैले यार्सागुम्बा टिप्ने स्थानीय पशुपालकको आम्दानी बढाउने महत्वपूर्ण तरिका हो। हाल यार्सागुम्बा टिप्ने मौसम भएकोले पहिलेजस्तै बीरू बस्तीका पशुपालकहरू यार्सागुम्बा पाइने ठाउँमा भेला भएका छन्। 

ठाडो बाटो हुँदै ४७०० मिटर अग्लो पहाड चढेर यार्सागुम्बा पाइने ठाउँ पुग्न सकिन्छ। पशुपालकले औजारबाट हल्का रूपमा माटोला खनी यार्सागुम्बा टिप्न सक्छन्। साथै खनेको ठाउँमा फेरि माटो पनि पुर्छन्। यसबाट अर्को वर्ष सोही ठाउँमा फेरि यार्सागुम्बा हुने विश्वास छ। स्थानीय पशुपालकको विचारमा यार्सागुम्बा पठारभूमिले उनीहरूलाई दिएको अमूल्य उपहार हो।