४३०० मिटरको उचाइमा पाइने स्ट्रबेरीको "स्वाद" कस्तो होला?
2022-05-31 15:32:57CRI
Share with:

४३०० मिटरको उचाइमा रहेको तिब्बती पठारभूमिको जमिन बाँझो छ। प्रायः बालुवा, बलौटे माटो पाइन्छ र मरुभूमि छ। यस्तो वातावरणमा बोटबिरुवाहरू उम्रन पनि मुश्किल हुन्छ। तर, तिब्बतको न्यारी क्षेत्रको शछ्वान टाउनशीपमा रातो, रसिलो, मीठो स्ट्रबेरी फस्टाउँदै गएको छ साथै राम्रो मूल्यमा विक्री पनि भइरहेको छ।  

उच्च भूभागमा पाइने स्ट्रबेरी वास्तवमा कस्तो हुन्छ? स्वाद कस्तो हुन्छ? ग्रीष्मको आरम्भकाल स्ट्रबेरीको सिजन हो। न्यारी क्षेत्रको उचाइ, दिन र रातको बीचमा तापमानको ठूलो भिन्नता, र लामो समयसम्म घाम लाग्ने भएकोले यहाँको स्ट्रबेरीमा चिनीको मात्रा बढी पाइन्छ र अझै स्वादिष्ट छ।  

प्राप्त जानकारी अनुसार, न्यारी क्षेत्रको यस कृषि पार्कमा हालसम्म स्ट्रबेरीका पाँच वटा हरितगृह खडा गरिएका छन्। प्रतिवर्ष पाँच लाख चिनियाँ युआन बराबरको आम्दानी हुने गरेको छ। यसका अतिरिक्त अंगूर, आरू, चेरी लगायतका फलफूलको अन्य आठ वटा हरितगृह छन्। यहाँ ३० भन्दा बढी प्रजातिका तरकारी, फलफूल र फूलका बिरुवा हुर्किरहेका छन्।

धेरै वर्षसम्मको सिकाइपछि पार्कमा कार्यरत किसान ३० वर्षीय रोबलाई खरबूजा, स्ट्रबेरी र खुर्सानीको रोपण र हरितगृह व्यवस्थापन प्रविधि सञ्चालन गर्न जानेका छन्। हाल उनको तलब प्रति महिना ६,००० युआन छ।    

वास्तवमा, रोब जस्तै सन् २०१९-२०२१ सम्म कुल १३ हजार १ सय जनाले यस कृषि पार्कमा रोजगारी पाएका छन्।

मीठो फलफूल र ताजा सागसब्जी आधुनिक कृषि प्रविधिको 'प्रतिफल' मात्रै होइन, स्थानीयहरूको आफ्नो सपनालाई साकार तुल्याउँदै पठारभूमिमा सुखी नयाँ जीवन बिताउने अनुभव पनि हो।