फुचेन प्रान्तको नयाँ प्रजातिको गुलियो मकैको उत्पादन मात्रा १२ सय किलोग्राम
2022-05-31 14:24:13cri
Share with:

फुचेन प्रान्तको कृषि विज्ञान प्रतिष्ठानले अनुसन्धानको जिम्मा लिएको “विशेषतायुक्त प्रत्यक्ष खानमिल्ने मकैको विकास” परियोजना अन्तर्गत अनुसन्धान तथा नयाँ प्रजातिको गुलियो मकै भित्र्याउने समारोह फुचेन प्रान्तीय चेनओ शहरको मकै आधार क्षेत्रमा आयोजना भएको छ।

नयाँ प्रजातिको मकैको उत्पादन मात्रा एक मू अर्थात् ६६६.६७ वर्गमिटर क्षेत्रफलमा १२५९.३ किलोग्राम पुगेको छ। नयाँ प्रजातिको मकैको उत्पादन मात्रा तथा नाफामा स्पष्ट वृद्धि देखिएको छ।